
शुक्रबार प्रचण्डले बोलाएको अनौपचरिक सचिवालय बैठकको छलफलअनुसार प्रचण्डसहित सचिवालय सदस्य प्रधानमन्त्रीसँग भेट्न बालुवाटार पुगेका हुन् ।
भेटमा उनीहरूले प्रधानमन्त्री ओलीसँग सचिवालय बैठकका लागि आग्रह गर्ने बुझिएको छ । सचिवालयका पाँच नेतामा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् । पार्टीभित्रको आन्तरिक विवाद बढेपछि सचिवालयका सदस्यले प्रधानमन्त्रीसँग सामूहिक भेटको तयारी गरेका थिए ।