
यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमित मध्ये ३० हजार ९८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
आज २ हजार ८७८ जना संक्रमित निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ७९ हजार २४२ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल १ हजार ३ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म १६ लाख १७ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ ।