विराटनगर, ५ मंसिर–श्रद्धा र भक्तिपूर्वक मनाइने सूर्य उपासनाको महानपर्व छठ यसपटक धेरैले घरमै र कतिपयले नहर तथा स्थानीय जलाशयहरुमा मनाएका छन् । कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै ब्रतालुहरुले आज अस्ताउँदै गरेको सूर्यलाई जलापर्ण गरेका छन् । विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्ष भने त्यति उत्साहजनक छैनन् ।
कोरोना महामारीको जोखिम बढ्न सक्ने भन्दै सरकारले भीडभाडरहित छठपर्व मनाउन आग्रह गरेपछि यसपटक विराटनगरका अधिकांश ब्रतालुहरुले वैकल्पिक रुपमा घरघरमै अस्थायी पोखरी बनाएर छठपर्व मनाएका छन् । आज सुर्य उपासनाको तेश्रो दिन ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएर आराधना गरेका छन् ।