तेस्रो प्याब्सन कपको फाइनलमा ग्यालेक्सी

 न्यूज विराट
तेस्रो प्याब्सन कपको फाइनलमा ग्यालेक्सी

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको फाइनलमा विराटनगरको ग्यालेक्सी स्कुल पुगेको छ । प्याब्सन विराटनगरको आयोजनामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले हराउँदै ग्यालेक्सी फाइनलमा पुगेको हो ।

जितको लागि ग्यालेक्सीको तर्फबाट सुमित सिंह, इकबल मिरा र एमडी सादिज अफतारले गोल गरे ।
मोर्डन एराको तर्फबाट अमन माझी र सुमन उराउँले मात्र गोल गरे । प्लेर अफ द म्याच ग्यालसक्सी स्कुलका एमडी सादिज अफतार घोषित भए ।
फाइनल यात्राको लागि गोदावरी स्कुल र डिपिएस स्कुलबीच मंगलबार हुनेछ । गोदावरी र डिपिएसबीच हुने बिजेता टिम उपाधिको लागि ग्यालेक्सी स्कुलसँग भिड्नेछ ।
आइतबार भएको पहिलो क्वाटरफाइनल खेलमा गोदावरी स्कुलले सगरमाथा स्कुललाई टाइब्रेकरमा ८–७ गोलले पराजित गर्यो । डिपिएस स्कुलले सेन्टजोसेफ स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ ।

सम्बन्धित समाचार

युवा तथा खेलकुद क्षेत्रकाे बजेट घट्याे

काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा : ४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षको पालो

४० दिनपछि संवैधानिक इजलासमा सरकारी पक्षका अधिवक्ताले बहस गर्ने पालो आएको छ । सरकारी पक्षले यसअघि २९ पुस र २ माघमा बहसको पालो पाएका थिए । त्यो बहस पनि ‘प्रतिनिधिसभा विघटन संवैधानिक हो कि होइन’...

बेइजिङ र वुहान सहरबीच हवाई सेवा पुनः सुरु

एजेन्सी, जेठ २८-चीनको राजधानी बेइजिङबीच हवाई सेवा पुनः सुचारु भएको छ । वुहान सहरमा नै गत डिसेम्बरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पत्ता लागेको थियो । त्यसपछि चीनले दुई सहरबीच हवाई सेवा बन्द गरेको थियो...

क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ

बर्दिया, ६ असार-बर्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका-३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । २ साताअघि काठमाडौंबाट...

गोल्डेन हस्पिटलमा संचालकबीचको बिवाद, बाहिरिए लुईटेल

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गोल्डेन हस्पिटलको संचालक गोविन्द लुईटेललाई हस्पिटलले अन्नायपूर्ण तरिकाले हटाएको छ । हस्पिटलको संचालक समेत रहेका प्रशासकीय अधिकृत लुईटेललाई हस्पिटलका मुख्य लगानीकर्ता डाक्टर श्याम रौनियाले अन्नायपूर्ण तरिकाले हटाएको उनले बताएका...

कटहरी गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउँदै, पहिलो पटक ४० युवालाई सिपमुलक तालिम दिदै

विराटनगर । कटहरी गाउँपालिकाले ४० जना बेरोजगार युवायुवतीलाई लक्षित गरेर सिपमुलक तालिम संचालन गर्ने भएको छ । सरोकारवाला निकायसंगको समन्वयमा संचालन गरिने तालिमको बिषयमा गाउँपालिकाले सुझाव समेत संकलन गरेको छ । युवाहरुलाई दिने १० महिने...

विराटनगरमा जारी एक्स्पोमा धरान डेन्टलको लापरवाही, औजार निर्मलीकरण नगरी स्वास्थ्य उपचार

विराटनगर । विराटनगरमा जारी मोरङ व्यापार संघ टे«ड एक्स्पोमा निःशुल्क दन्त परीक्षण स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्ड पुरा नगरि उपचारमा गर्दै आएको पाइएको छ । शिविरमा आएका विरामीहरुको दन्त परीक्षण उपचारमा खटिने स्वास्थ्यकर्मीहरुले स्वास्थ्य मापदण्डको ख्याल नगरि...

मिथिला मध्यमा परिक्रमाको प्रचण्डले गरे उद्घाटन

जनकपुर, फागुन ११–मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डोला उठाएर गरेका छन् । नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको मध्यमा परिक्रमामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्