पर्सी बैठक राख्ने सहमति दिन प्रचण्डले ओलीलाई आग्रह गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रचण्डकोको प्रस्तावमा ओलीले भने सहमति नजनाएको उनको भनाइ छ । उनीले ओलीकै सहमतिमा बैठक बस्ने पनि बताए ।
अपरान्ह ४ बजेलाई बोलाइएको बैठकमा प्रचण्डसहित सचिवालयका सदस्यहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए । प्रचण्डले बोलाएको बैठकमा प्रधानमन्त्री ओलीनिकट नेताहरू भने सहभागि थिएनन् ।
सचिवालय बोलाउनुअघि ओलीनिकट नेताहरूले बिहान प्रचण्डलाई भेटेका थिए । त्यस्तै, सोमबार पार्टी महासचिव विष्णु पौडेलले पनि प्रचण्डलाई भेटेका थिए ।