ओलीकाे प्रतिवेदन समस्या बल्झाउने खालको छैन : विष्णु पौडेल

 न्यूज विराट
ओलीकाे प्रतिवेदन समस्या बल्झाउने खालको छैन : विष्णु पौडेल

काठमाडौं, १३ मंसिर-नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य विष्णु पौडेलले अध्यक्ष केपी शर्मा  ओलीबाट सचिवालय बैठकमा पेस हुने प्रतिवेदन समस्या बल्झाउने किसिमको नहुने बताएका छन् । उनले पार्टीको अभिभावकको हैसियतमा अध्यक्ष ओलीले सम्हालिएको प्रतिवदेन पेस गर्ने बताए ।

‘सचिवालय बैठकमा आउने प्रतिवेदन राम्रै आउनेछ सबैका अभिभावक भएका हैसियतले समस्यालाई नबल्झाउने ध्येयसहित सम्हालिएको प्रतिवेदन प्रस्तुत होला,’ नेकपाका सचिवालय सदस्य पौडेलले भने ।

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लगाएका आराेपको भने ओलीले खण्डन गर्ने भएका छन् । ओलीले सरकार भ्रष्टाचारी र संघीयता विरोधी भएको आरोप आधारहीन भएको भन्दै त्यसलाई पुष्टि गर्न अर्का अध्यक्ष प्रचण्डलाई चुनौती दिने तयारी गरेका छन् ।

प्रतिवेदनमा सबै आराेपको जवाफभन्दा पनि राजनीतिक विषयमा बढी केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘आफूमाथि लागेका आधारहिन आरोपबारे उहाँले खण्डन त गर्नु नै हुनेछ अभिभावकको हैसियतले केही कुरा सम्झाउने प्रयत्न समेत उहाँबाट हुनेछ,’ थापाले भने ।

गत २८ कात्तिक को सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रधानमन्त्री पक्षधर नेताहरूले यसलाई आरोपपत्रको संज्ञा दिएका थिए । त्यसलाई नै काउन्टर दिनका लागि अध्यक्ष ओलीले शनिबार १ बजे तय भएको सचिवालय बैठकमा प्रतिवेदन पेस गर्ने भएका हुन् ।

सम्बन्धित समाचार

नेपाल एयरलाइन्सद्वारा हङकङमा एकै दिन ३ चार्टर्ड उडान, फर्किए ५ सय ८२ यात्रु  

काठमाडौं, २० जेठ-नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा ३ चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका २ न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजमार्फत् गएराती ५ सय ८२ यात्रु हङकङ फर्किएका छन्...

जनकपुरधाम उपमहानगरको मूलद्वारमा फोहोर फालेर विरोध

जनकपुरधाम, ६ साउन-जनकपुरधाम उपमहानगरपालिकाको मुख्य बजार नै फोहोरको ढंगुर बनेपछि स्थानीय युवाले नगरको फोहोर उठाएर उपमहानगरको मूल ढोकामा थुपारेका छन् । उनीहरूले नगर क्षेत्रको फोहोरहरू ट्याक्टरमा संकलन गरेर कार्यालय परिसर अगाडि थुपारेर विरोध प्रदर्शन गरेका...

विराटनगरका स्टेशनरी व्यवसायी सिद्धान्त भट्टराई मिर्चैयामा मृत भेटिए

विराटनगर । विराटनगर १० घर भएका स्टेशनरीका होलसेल व्यवसायी २५ वर्षीय सिद्धान्त भट्टराई मतृ फेला परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि बुधबार बिहान भट्टराईको शव भेटिएको हो । मिर्चैया कटारी...

संघीय निकायमा दरबन्दी कटौती गर्दै सरकार

काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौती गर्ने तयारी गरेको छ । यसको तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहबाहेक सबै सरकारी निकायको दरबन्दी कटौतीको...

चालक अनुमतिपत्रको अनलाइन फाराम भर्न प्राविधिक समस्या

काठमाडौं, २१ पुस-चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मर्मत जारी रहेकाले छिट्टै सञ्चालनमा...

राजनीतिक दलको विषयमा न्यायालयले हस्तक्षेप गर्नु हुँदैन : महासचिव पोखरेल

काठमाडौं, असार १२ । एमाले महासचिव इश्वर पोखरेलले न्यायपालिकाले राजनीतिक दलमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । पछिल्लो समय सर्वाेच्च अदालतले राजनीतिक दलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेको भन्दै महासचिव पोखरेलले अदालत राजनीतिक मुद्दामा प्रवेश गर्दा...

नेपाली सेनामा जागिर खुल्यो

काठमाडौं, ३१ भदौ । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि जागिर खुलाएको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति...

विशाल चोकका १ सय बढी परिवारलाई राहत वितरण

विराटनगर, चैत २२-विराटनगरका युवा नेता मो. आजमको पहलमा १०० वढी विपन्न परिवारलाई राहत वितरण गरिएको छ । आलमको पहलमा विराटनगर डा न. ५ स्थित विशाल चोकका अति विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्