विराटनगरको पोखरीया देशकै उत्कृष्ट सामुदायिक विद्यालयबाट सम्मानित
आइतबार, ३१ असार, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा रहेको रहेको पोखरीया उच्च माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भएको भन्दै सम्मान गरिएको छ । केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच पोखरीया माविलाई देशभरीकै उत्कृष्ट सामुदायिक विद्यालय भन्दै सम्मान गरिएको हो ।
पोखरीया स्कुलले शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । यसअघि पनि विराटनगर महानगरपालिकाले पोखरीया स्कुललाई एइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै विद्यार्थी र विद्यालयका प्रधानध्यापक खेमराज भट्टराईलाई सम्मान गरिएको थियो ।
प्लस टुसम्मको अध्ययन हुने यो स्कुलमा विज्ञान, व्यवस्थापन, कम्प्युटर इन्जिनियरिङ्ग र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण यो विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् ।
विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिन थालेका छन् । यहाँ पढ्न चाहनेजति सबैलाई भर्ना गर्न सक्ने स्थिति नै हुँदैन, विद्यार्थीको चापका कारण प्रवेश परीक्षा लिएर त्यसको रिजल्टका आधारमा मात्रै भर्ना लिन थालेका हौंं,’ प्रअ खेमराज भट्टराईले भने, ‘प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्नेलाई जो कसैले भनसुन गरे पनि भर्ना लिन्नौं ।’
अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको यो विद्यालयले भर्ना लिन कक्षा ६ देखि ९ सम्म पनि विद्यार्थीको भिड लाग्ने गरेको छ ।
विराटनगर, १२ आसार । विभिन्न सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन उत्कृष्ट बनेको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको डाउनटाउन यस वर्ष उत्कृष्ट...
काठमाडौं, ५ फागुन ।नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई दोषी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नक्कली शैक्षिक प्रमाणपत्र...
काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन...
विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट सम्मानित भएका छन् । नेपाल स्नायु विज्ञान प्रतिष्ठान ( एनएएन) आयोजनामा अन्र्तराष्ट्रिय सम्मेलनमा डा. विष्टलाई न्युरोलोजीको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई...
विराटनगर, १४ भदौ–प्रदेश १ मा पहिलो पटक, निजी क्षेत्रबाट भेन्टिलेटर सहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । झण्डै दुई दशक देखि संचालनमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल को विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पताललाई...
काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन टार्ने गरी भएका सबै बहस अब सकिएको बताएका छन् । सरकारले ३० वैशाखमा निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन टार्न गरिएका अनेकन बहस सकिएको बताउँदै उनले...
विराटनगर । विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले १० औं वार्षिकोत्सव मनाएको छ । स्कुलले विभिन्न कार्यक्रमको आयोजना उत्सव मनाएको हो ।विराटनगरको गुरुकुलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । नेपाल...
पोखरा, फागुन ११–पोखरामा ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर- २०२०’ तथा ‘१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप’ आइतबारबाट सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याङग्लाइडिङ संघ (नेफा) र नेपाल...