इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

 न्यूज विराट
इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा मात्रै ८ सय ८९ जनाको ज्यान गएको छ । ५ हजार ९ सय ७४ जना नयाँ संक्रमित देखिएका छन् । २९ जनावरीमा पहिलो केस देखिएको इटालीमा करिब २ महिनाको अवधिमा ९२ हजार ४७२ जना संक्रमित हुँदा १० हजार २३ जनाके मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा इटाली पछि बढी मृत्यु हुनेमा स्पेन रहेको छ । एक दिनमा स्पेनमा ८४४ जनाको मृत्यु भएको छ । यसै बिचमा स्पेनकी राजकुमारीको समेत मृत्यु भएको छ ।

संक्रमितकै संख्या अत्याधिक बढ्नेमा अमेरिका रहेको छ । अमेरिकामा पछिल्लो एक दिनमा १९ हजार ११९ जना संक्रमित थपिएका छन् । हालसम्म २०० भन्दा बढी राष्ट्रमा संक्रमण फैलदा जम्मा संक्रमितमध्ये अमेरिकी मात्रै १८ प्रतिशत रहेका छ ।

अहिलेसम्म अमेरिकामा १ लाख २३ हजार ३ सय १३ जना संक्रमित भएका छ । अमेरिकामा पछिल्ला दिनहरुमा मृत्युदर पनि बढेको छ । पछिल्लो एक दिनमा ५ सय ५१ जनाको मृत्यु भएपछि २ हजार २ सय १२ जना पुगेके छ ।

चीनमा पछिल्लो एक दिनमा ५ जनाको मृत्यु भएको छ भने ४५ जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म ६ लाख ६२ हजार ६ सय ७४ जना संक्रमित हुँदा ३० हजार ८ सय ८४ को मृत्यु भएको छ । १ लाख ४२ हजार पूर्णरुपमा निको भएका छन् भने २५ हजार ४ सय १ जना गम्भिर अवस्थामा रहेका छन् ।

सम्बन्धित समाचार

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान तिव्र

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ ।एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ । मतदातालाई...

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं, जेठ ३-नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित बर्दिया नार्खु-११ की २८ वषीया महिला,...

कांग्रेस महाधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रमा सकियो अधिवेशन

काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न...

युवाको जीत सँगै बिउँझिएका आशाहरु

ज्योति अधिकारी मोरङ क्षेत्र नं ६ (क) मा प्रदेश सभा सदस्य निर्वाचित हुनु अघि नै जीवन आचार्यले त्यस क्षेत्रको विकासका काममा समर्पित गराएका थिए । अघिल्लो पटक चुनाव हारेर पनि उनले यस क्षेत्रका लागि केन्द्रबाट...

बेलायतमा मंगलबार कोरोनाबाट एक हजारभन्दा बढीको मृत्यु

बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्या बढेको छ । यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै...

जसपा नेता उमेश यादवद्वारा पार्टी परित्याग घोषणा

विराटनगर, १० वैशाख । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । उहाँले शनिबार पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिनुभयो...

पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घट्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच घटाउने भएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा...

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत क्लबले शिविर आयोजना गरेको हो । नोबेल मेडिकल कलेजका डाक्टर र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्