आइपीएलः पन्जाबद्वारा हैदराबाद १२ रनले पराजित

 न्यूज विराट
आइपीएलः पन्जाबद्वारा हैदराबाद १२ रनले पराजित

एजेन्सी, ९ कात्तिक-युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । पञ्जाबले सनराइजर्स हैदराबादलाई १२ रनले पराजित गरेको हो ।

दुबईमा गएराति भएको खेलमा पन्जाबले दिएको १ सय २७ रनको सामान्य लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय १४ रनमा समेटियो । हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए भने विजय शंकरले २६, जोनी बेयरस्टोले १९ र मनिस पाण्डेले १५ रन बनाए । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३–३ विकेट लिए भने मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।पन्जाबका लागि निकोलस पुरनले अविजित सर्वाधिक ३२ रन बनाए भने कप्तान केएल राहुलले २७, क्रिस गेलले २०, मन्दिप सिंह १७, र ग्लेन म्याक्सवेलले १२ रन बनाएका थिए ।

पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका राशिद खान, सन्दीप शर्मा र जासन होल्डरले २–२ विकेट लिए ।जितसँगै पन्जाबले हैदराबादसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा पन्जाब ६९ रनले पराजित भएको थियो । जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा उक्लिएर प्ले अफ सम्भावना जीवित राखेको छ । हैदराबाद ११ खेलमा ८ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रसेवक सहकारीको कुल आम्दानी ४ करोड ८१ लाख

विराटनगर । विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ८१ लाख ५ हजार ९ रुपैयाँको कुल आम्दानी गरेको छ । विराटनगरमा सोमबार भएको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक...

स्वीट्जरल्यान्डमा निःशुल्क खानाका लागि एक किलोमिटर लामो लाइन

एजेन्सी, बैशाख २८-संसारकै सबैभन्दा धनी देशको सूचीमा गनिने स्वीट्जरल्यान्डमा शनिबार एउटा तस्बिरले सबैलाई अचम्मित पार्‍यो । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार एक हजारभन्दा बढी मानिस निःशुल्क खाना खानका लागि लाइनमा बसेका थिए । स्वीट्जरल्यान्डको जेनेभामा शनिबार साँझ...

मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न

विराटनगर, २९ पुस-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको विस्तारित बैठक सम्पन्न भएको छ । जिल्लामा दलित समुदायका सवै प्रकारका समस्या पहिचान गरि समाधानका लागि अग्रसर हुने निर्णय गर्दै...

मोरङमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, १२ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका-४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे प्रदेश १-०२-००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प...

एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

एजेन्सी, १ कात्तिक-दुई पटकको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल, एभर्टनसँग बराबरीमा रोकिएको छ ।  शनिबार भएको ‘मर्सीसाइड डर्बी‘मा एभर्टनसँग लिभरपुल २–२ गोलको बराबरीमा रोकिएको हो । तेस्रो मिनेटमा साडियो मानेको...

सुदुरपश्चिमलाई बजेटमै हेपेको दार्चुलाका सांसदको गुनासो

काठमाडौं, जेठ १५-लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रलाई समेटेर नक्सा जारी गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले बजेटमा भने कालापानी क्षेत्रलाई वेवास्ता गरेको छ। बजेटमा यो क्षेत्रका लागि विशेष प्याकेज आउने अपेक्षा गरिए पनि ओली सरकारले...

आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

एजेन्सी, २० कात्तिक-यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज गत सिजन विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ...

जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग

  पथरी, ३ चैत । विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । आइतबार नयाँ शक्ति पार्टी नगर समितिले पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत् विना काम तलब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्