आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

 न्यूज विराट
आईपीएल : दिल्लीलाई पहिलो पटक फाइनल पुग्ने मौका

एजेन्सी, २० कात्तिक-यूएईमा जारी १३ औँ सिजनको आईपीएलको पहिलो क्वालिफायरमा आज गत सिजन विजेता मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स खेल्दै छन् । दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।

जारी सिजनमा मुम्बई लिग चरणमा १४ मध्ये ९ म्याच जितेर प्लेअफ प्रवेश गरेको हो । त्यस्तै, दिल्ली १४ मा ८ म्याचमा जित हासिल गर्दै दोस्रो स्थानका साथ प्लेअफमा प्रवेश गर्न सफल भयो ।

आज विजयी हुने टिम सिधै फाइनल प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरमा विजयीसँग खेल्ने मौका पाउने छ । लिग चरणको अन्तिम खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ९ विकेटले हराएको थियो । मुम्बई भने सनराइजर्स हैदराबादविरुद्ध १० विकेटले पराजित भएको थियो ।

हालसम्म मुम्बईले सर्वाधिक चार पटक आईपीएल उपाधि जितेको छ । तर, दिल्ली भने अहिलेसम्म एक पटक पनि फाइनलसम्म पुग्न सकेको छैन ।

मुम्बईको सम्भावित प्लेइङ- ११ : क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड (कप्तान), हार्दिक पाण्ड्या, कृणाल पांड्या, राहुल चहर, जेम्स प्याटिनसन, ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराह ।

दिल्लीको सम्भावित प्लेइङ- ११ : शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन अश्विन, डानियल साम्स र एनरिच नोर्टजे ।

सम्बन्धित समाचार

सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही

काठमाडौं, १३ साउन-राष्ट्रिय सूचना आयोगले पछिल्लो १४ वर्षमा सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारबाही गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले १४ वर्षको...

कटहरीका वडा सदस्य र स्वयंसेविकालाई साइकल वितरण

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले वडा सदस्यहरू र स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।कटहरीमा मंगलबार एक कार्यक्रम आयोजना गरी ५६ वटा साइकल वितरण गरेको हो । काम कारवाहीमा छिटो र छरितो सेवा प्रभावहा गर्ने...

विराटनगरमा कांग्रेसको चुनावीसभाः डा. शेखर कोइरालाले भने—कम्युनिष्टको सरकार बन्दा देशले जहिल्यै दुःख पायो

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टको नेतृत्वमा सरकार बन्दा जहिल्यै देशले दुख पाएको आरोप लगाएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

काठमाडाैं, १ भदौ-कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट हुँदैछ । नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १...

मन्त्रिपरिषद्ले गर्‍यो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख-गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ ।आज सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ...

विराटनगरको त्रिमुर्ती चोकमा खुल्ला व्यायामशाला सञ्चालन, मेयर पराजुलीले गरे उद्घाटन्

विराटनगर, २२ फागुन ‘व्यायाम गरौ, रोग भगाऔं’ नाराका विराटनगर महानगरपालिकाका–५ स्थित त्रिमूर्ति चोकमा आजदेखि खुल्ला व्यायाम सञ्चालनमा आएको छ । महानगरपालिका र लायन्स क्लव शुभमको रु सात लाख ५० हजार रुपैयाँको लगानीमा स्थापित उक्त्त व्यायामशालाको...

महोत्तरीमा छोरी शिक्षा बीमा शिविर सुरु

महोत्तरी, माघ २–महोत्तरीमा आजदेखि छोरी शिक्षा बीमा शिविर सुरु गरिएको छ । प्रदेश २ सरकारबाट ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियानअन्तर्गत आज महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालय र महेन्द्र आदर्श महिला माध्यमिक...

काठमाडौंमा दाहाल–नेपालको प्रदर्शन हुँदै

काठमाठौं, १४ पुस-नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्ष समूहले मंगलबार काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदर्शन हुन लागेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको आन्दोलन परिचालन कमिटीले देशभर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्