एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

 न्यूज विराट
एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

एजेन्सी, १ कात्तिक-दुई पटकको अग्रता जोगाउन नसक्दा इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल, एभर्टनसँग बराबरीमा रोकिएको छ ।  शनिबार भएको ‘मर्सीसाइड डर्बी‘मा एभर्टनसँग लिभरपुल २–२ गोलको बराबरीमा रोकिएको हो ।

तेस्रो मिनेटमा साडियो मानेको गोलबाटै लिभरपुलले खेलमा अग्रता लिए पनि १९औँ मिनेटमा एभर्टनका माइकल किनलाई रोक्न नसक्दा खेल १–१ को बराबरीमा गयो ।

७२औँ मिनेट मोहमद सलाहको गोलबाट पुनः अग्रता लिएको लिभरपुल ८१औँ मिनेटमा फेरि चुक्यो । यसपटक एभर्टनका डोमिनिक लेविनले प्रहार गरेको गोल लिभरपुलका कीपरले रोक्न सकेनन् ।

यसरी दुई पटक अग्रता लिएर पनि लिभरपुल बराबरीमा रोकिन पुग्यो । यद्यपि, ५ खेलबाट १० अंक जोडेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अपराजित एभर्टन ५ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ ।

सम्बन्धित समाचार

पौने तीन लाख घुससहित जनकपुर यातायात कार्यालयका सहयोगीसहित दुई जना पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने तीन लाख घुस रकमसहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर...

गर्मी मौसममा आँखा पाक्ने रोगको प्रकोप, यस्ता छन् उपचार र रोगबाट बच्ने उपाय

गर्मी मौसममा आँखाको समस्या बढी देखिने हुनाले अस्पतालमा बिरामीको संख्या वृद्धि भएको पाइन्छ। प्रायःजसो बिरामीहरु आँखा रातो हुने समस्या लिएर अस्पताल आउँने गर्दछन्। आएका बिरामीहरुमा कन्जन्टेभाइटिस, आँखा चिलाउने रोग र सुख्खा आँखा जस्ता समस्या पाइने...

सरकारसँग पाँच बुँदे माग राख्दै भोलिदेखि सबै उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं, ७ असार । वायुसेवा सञ्चालक संघले सबै उडान बन्द गर्ने निर्णय गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका एकपक्षीय, स्वेच्छाचारी र अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै...

प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...

विराटनगरको गोदावरी स्कुलले मनायो रजत जयन्ती

विराटनगर । विराटनगरस्थित गोदावरी ईङलिस बोर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ । विराटनगरस्थित गुरुकुल नाटक घरमा सोमबार एक कार्यक्रम आयोजना गरी गोदावरीले रजत जयन्ती मनाएको हो । रजत जयन्तीको अवसर पारेर नर्सरीदेखि कक्षा दशसम्म उत्कृष्ट...

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर...

उत्कृष्ट विद्यार्थीलाई अर्किड कलेजको सम्मान (फोटो फिचर)

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजले बिद्यार्थीलाई सम्मान गरेको छ । कलजे परिसरमा बिहीबार एक कार्यक्रम आयोजना गरी हिसान स्पोट्र्स मिटमा बिजेता हुने बिद्यार्थी र कलेजको आन्तरिक परीक्षामा उत्कृष्ट हुने बिद्यार्थीहरूलाइ सम्मान गरेको हो...

तीन जना दाजुभाईले ६० लाखमा खोले ‘नाइस बिरयानी’

विराटनगर । तीन जना दाजुभाइ मिलेर मोरङको धनपालथान गाउँपालिका – ६ कदमाहास्थित नाइस बिरयानी एण्ड फेमेलि होटल संचालनमा ल्याएका छन् । करिब ६ लाख बढीको लगानीमा उक्त होटल शुक्रबारदेखि संचालनमा ल्याएका हुन् । होटलको उद्घाटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्