कोरोनाबाट विश्वमा ९ लाख ३९ हजारभन्दा बढीको मृत्यु

 न्यूज विराट
कोरोनाबाट विश्वमा ९ लाख ३९ हजारभन्दा बढीको मृत्यु

एजेन्सी, ३१ भदौ-विश्वभरी कोरोना भाइरस संक्रमणबाट नौ लाख ३९ हजार १८६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जनाएको छ । डब्लुएचओका अनुसार विश्वमा दुई करोड ९७ लाख २७ हजार ३ सय ८९ जना कोरोना संक्रमित भएका छन् । यद्यपी विश्वमा दुई करोड १५ लाख ४२ हजार ४ सय ७७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख ४५ हजार ७ सय २६ जना कोरोनाको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितमध्ये ६० हजार ९ सय १५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोनाबाट अन्त्यत प्रभावित दश वटा देशको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।

अमेरिकामा ६७ लाख ७८ हजार १ सय ४७ जनामा कोरोना संक्रमित रहेका छन् । यहाँ ४० लाख  ६८ हजार ८६ जना कोरोना मुक्त भएका छन् भने २ लाख १९७ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा  ५० लाख २० हजार ३५९ जना कोरोना संक्रमित रहेका छन् । यहाँ  ३९ लाख ४२ हजार ३६० कोरोना संक्रमण मुक्त भएका छन् भने ८२ हजार ९१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना कोरोना संक्रमित रहेका छन् । यहाँ ३६ लाख ७१ हजार १२८ कोरोना मुक्त भएका छन् भने १ लाख ३३ हजार २०७ जनाको मृत्यु भएको छ ।

रुस १० लाख ७३ हजार ८ सय ४९ जना कोरोना संक्रमित रहेका छन् । यहाँ ८ लाख ८४ हजार ३०५ कोरोना मुक्त भएका छन् भने १८ हजार ७ सय ५० जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख  ३८ हजार २० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८० हजार ७५३ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ९ सय २७ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ७ लाख २८ हजार ५ सय ९० जनामा कोरोना संक्रमण रहेको छ । यहाँ ६ लाख ७ हजार ९ सय ७८ कोरोना भाइरस मुक्त भएका छन् भने २३ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ७६ हजार ४ सय ८७ जनामा कोरोना सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ८१ हजार ६८ कोरोना भाइरस मुक्त भएका छन्  भने ७१ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा ६ लाख ५१ हजार ५२१ जनामा कोरोना सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ८३ हजार १२६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ६४१ जनाको मृत्यु भएको छ ।

स्पेनमा ६ लाख ३ हजार १६७ जनामा कोरोना सङ्क्रमण रहेको छ भने ३० हजार ४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ५ लाख ७७ हजार ३ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ३८ हजार ८ सय ८३ कोरोना मुक्त भएका छन् भने ११ हजार ८ सय ५२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

प्रहरी भ्यानमा स्थानीयवासीले आगो लगाए

सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रहरी चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि आक्रोशित समूहले आज प्रहरीको जिपमा आगजनी गरेका छन् । आक्रोशित समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय...

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन २४ कात्तिक-भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...

सुनको मूल्य ९९ हजार पुग्यो

काठमाडौं, १५ साउन-बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतितोला ९ सय ३५ रुपैयाँ बढेको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ...

भोलिबाट २१ दिनका लागि भारतमा लकडाउन घोषणा

कोरोना संक्रमण रोक्न भारतले भोलिबाट लागू हु्नेगरी २१ दिन लामो लक डाउन गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशका नाममा सम्बोधन...

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।...

काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय...

२५ चैतसम्म सेयर बजार बन्द रहने

मंगलबारबाट खुलाउने भनिएको सेयर बजार कारोबार २५ चैतसम्म बन्द हुने भएको छ । सेयर लगानी कर्ता तथा ब्रोकरहरुले समेत लकडाउनको अवधि र कोरोनाको त्रास नहटेसम्मको लागि बन्द गर्न आह्वान गरेको समयमा नेपाल स्टक एक्सचेन्जले यस्तो...

मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन, ७६ को हेलिकोप्टरमार्फत उद्धार

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्