विराटनगरको कोभिड–१९ अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा शुरु

 न्यूज विराट
विराटनगरको कोभिड–१९ अस्पतालमा आईसियु र भेन्टिलेटर सेवा शुरु

विराटनगर, ४ भदौ-प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा सुरु गरिएको छ । कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेल जानकारी दिए ।

कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताए । उनले लक्षण भएकालाई विराटनगर ल्याईने बताए । क्वारेन्टाईन र आईसोलेसन लाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुने मन्त्री घिमिरेले बताए ।

कोशी कोभिड उपचार केन्द्रमा १० वटा आईसीयु वेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवल सहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

आईसीयुमा हाल ३ जना व्यक्तिहरु उपचाररत रहेको उनले बताए । आईसीयु र भेन्टिलेटर सञ्चालनका लागि आवस्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको सचिव कार्कीले बताए ।

उनका अनुसार थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आईतबारबाट सञ्चालन गर्ने तयारी गरिएको छ । गत चैत २१ गते देखि सञ्चालनमा ल्याईएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना शुरु गरिएको थियो ।

उपचार केन्द्रमा हाल सम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरि २ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमित एक जनाको मृत्यु भएको छ । उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरि ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दीपक सिग्देलले बताए ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रुपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ ।

अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

क्रिटिकल केयरमा काम गर्ने चिकत्कस र नर्सलाई तालिम

विराटनगर । बेसिक क्रिटिकल केयरमा काम गर्ने डाक्टर र नर्सहरूलाई तालिम दिएको छ । बिराट मेडिकल कलेज सिमुलेसन फाउण्डेसन र नेपलीज सोसाईटी फर क्रिटिकल केयर मेडिसिनले आवासीय डाक्टर मेडिकल अधिकृत तथा सघन उपचार कक्षमा कार्यरत...

बीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, ६ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सुनसरीको इनरुवा –१ का ८३ वर्षीय वृद्धको बिहीबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी...

हत्या गरिएको अवस्थामा उखुबारीमा युवतीको शव फेला

विराटनगर, माघ २४–सुनसरीको दुहवीकी एक महिलाको हत्या गरी विराटनगर महानगरपालिका–१२ बखरीको मलहनवास्थित उखुघारीमा फालेको अवस्थामा शव फेला परेको छ । सुनसरीको दुहवी नगरपालिका–६ कालि मन्दिरनजिकै बस्दै आएकी ३२ वर्षीया सम्झना खत्री परियारको शव हत्या गरी...

संक्रमितको सम्पर्कमा आएकालाई ५ दिनपछि मात्रै पीसीआर परीक्षण गर्न आग्रह

काठमाडौं, ३१ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई ५ दिनपछि मात्रै कोरोना भाइरस परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजिटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको...

चितवनको फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

चितवन, २२ फागुन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका– १९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र...

भोलिदेखि १ साता भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका १ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले यो निर्णय गरेको हो । भोलि बिहान १० बजेबाट १ साताका लागि दुवै देशतर्फका नाका...

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बेलुकी ५:३० बजे नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । कोरोना महामारी विरुद्धको...

काठमाडौंमा १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित

काठमाडौं, १८ कात्तिक-काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १९ जना पुरुष र ६ सय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्