प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै - News Birat

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

न्यूज विराट

काठमाडौं, जेठ १२-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । बेलुकी ५:३० बजे नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना महामारी विरुद्धको अभियानको अवस्था र अबको रणनीतिका बारेमा जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सम्बोधन अघि आजै ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीको सम्बोधन आउने भएको हो । यसअघि प्रधानमन्त्री ओलीले दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेर कोरोना महामारीका बारेमा जानकारी गराएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles