संक्रमितको सम्पर्कमा आएकालाई ५ दिनपछि मात्रै पीसीआर परीक्षण गर्न आग्रह - News Birat

संक्रमितको सम्पर्कमा आएकालाई ५ दिनपछि मात्रै पीसीआर परीक्षण गर्न आग्रह

न्यूज विराट
काठमाडौं, ३१ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई ५ दिनपछि मात्रै कोरोना भाइरस परीक्षण गर्न आग्रह गरेको छ ।

संक्रमण पोजिटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको पाइएको भन्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजिटिभ हुने सम्भावना बढी रहने बताए ।

‘काठमाडौंलगायत देशका धेरै ठाउँमा कोभिड-१९ संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूले तुरुन्त पीसीआर टेस्टका लागि स्वाब संकलन गराएको पाइएको छ । पीसीआर पोजिटिभ आउन ५/७ दिन लाग्ने भएकाले तुरुन्त जाँच गर्दा ‘फाल्स नेगेटिभ’ अर्थात् टेस्ट गर्दा नेगेटिभ आउने तर २/४ दिनमा पोजेटिभ रिपोर्ट आउन सक्ने भएकाले ५ दिन नपुगी जाँच नगर्न/नगराउन हुन र उक्त अवधिसम्म घरमै क्वारेन्टाइनमै बस्न हुन सबैलाई जानकारी गराइन छ’ उनले भने ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles