बीपीमा थप एक कोरोना संक्रमितको मृत्यु - News Birat

बीपीमा थप एक कोरोना संक्रमितको मृत्यु

न्यूज विराट

विराटनगर, ६ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु भएको छ । सुनसरीको इनरुवा –१ का ८३ वर्षीय वृद्धको बिहीबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशीष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी पुरानै समस्या रहेको थियो ।

३ कात्तिकमा कोरोना पुष्टि भएका वृद्धलाई त्यही दिन उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापन नियम अनुसार भइरहेको डा. श्रेष्ठले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles