पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

 न्यूज विराट
पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कारबाही गर्न निर्देशन

काठमाडौं, ६ साउन-संसदको विकास तथा प्रविधि समितिले श्रमजीवी ऐनविपरीत कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने सञ्चारगृहलाई कानुनअनुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

कोरोना महामारीले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त अवस्थामा अहोरात्र खटेर सूचना प्रवाह गर्ने श्रमजीवी पत्रकार र कार्यरत कर्मचारीलाई जबर्जस्ती रोजगारीबाट हटाउने सञ्चारगृहलाई कारबाही गर्न विकास तथा प्रविधि समितिले निर्देशन दिएको हो ।

समिति सभापति कल्याणीकुमारी खड्काले बतलबी बिदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्नै, करार सम्झौता भंग गर्ने सञ्चारगृहलाई कारबाही गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।

‘कोभिड-१९ ले सिर्जना गरेको सुरक्षाको असहज र जोखिमयुक्त परिस्थितिमा पनि अहोरात्र सूचना प्रवाह गरी पेसागत दायित्व निर्वाह गर्ने श्रमजीवि पत्रकार र सञ्चारमाध्यममा कार्यरत कर्मचारीलाई जबर्जस्ती रोजगारीबाट हटाउने, बेतलबी बिदामा राख्ने, तोकिएको पारिश्रमिक नदिने, सेवा सुविधा कटौती गर्ने र करार सम्झौता भंग गर्ने जस्ता काम भएका छन्,’ उनले भनिन्, ‘श्रमजिवि पत्रकार सम्बन्धि ऐन २०५१ विपरीत काम हुन नदिन र भएको पाइए कानुनी कारबाही गर्न समिति नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समितिले निर्देशन गर्छ ।’

समितिले कोभिड—१९ का कारण सञ्चार क्षेत्रमा परेको असरको विस्तृत अध्ययन गरी यसको प्रभावका बीच प्रकाशन र प्रसारणलाई निरन्तरता दिई सूचना प्रवाहमा योगदानका आधारमा सञ्चारगृहलाई सहुलित राहत र सुरक्षाको प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ । मंगलबार समितिमा मन्त्री डा. युवराज खतिवडा र पत्रकार महासंघका पदाधिकारीहरूसँग छलफल गरेको हो ।

सम्बन्धित समाचार

बाढी पहिरोमा परी घाइते भएकाको उपचार सरकारले गर्ने

काठमाडौं, ६ साउन-सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्ने भएको छ । देशमा अविरल वर्षाका कारण आएकाे बाढी पहिरोले ठूलो जनधनको क्षति भएको र त्यसबाट कैयौँ व्यक्ति घाइते भइरहेका छन् । सोमबार बसेको...

सामाजिक काममा अझ सकृय युवा संघ

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...

मोरङको कानेपोखरी गाउँपालिकाको जनमुखी साकोसबाट सवा ५ लाख चोरी

मोरङ – मोरङको कानेपोखरी गाउँपालिका वडा नं. –७ बरगाछीमा रहेको जनमुखी जनमुखी बचत तथा ऋण सहकारी संस्थाबाट शनिवार राति ५ लाख २५ हजार ५१ रुपैया चोरी भएको छ। साकोसको पूर्वपटिको झ्यालको पल्ला फुटाएर झ्यालको ग्रिल...

अस्पतालको चक्कर काट्दाकाट्दै रक्तचापका बिरामीको मृत्यु

अस्पतालले उपचार गर्न नमानेपछि विराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगरका निजी स्वास्थ्य संस्थाले उच्च ज्वरो देखिएका बिरामीको उपचार गर्न अस्वीकार गरपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाबाट उपचारका लागि ल्याइएकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार...

प्रजिअ र एसपी राहत बाढ्न आगलागी पीडितकोमा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी...

मछिन्द्र क्लबले जित्यो ए डिभिजन लिगको उपाधि

काठमाडौं, फागुन ३–कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले जितेको छ। शनिबार भएको लिगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाइ १–० गोलले हराउादै मछिन्द्रले पहिलोपटक ए डिभिजन लिगको उपाधि जितेको हो। दशरथ...

शनिबार देशभर २७५३ संक्रमित थपिए, २२०६ जना डिस्चार्ज

काठमाडौं, २२ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ...

युवालाई रोजगार बनाउन उद्योग संगठनले सञ्चालनमा ल्यायो ‘कर्मशिल डट कम’

विराटनगर, २१ माघ । वेरोजगार युवायुवतीलाई रोजगार उपलव्ध गराउन आजदेखि कर्मशिल डट कम (karmashil.com)अनलाईन पोर्टल सञ्चालनमा आएको छ । उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाद्वारा संयुक्त रुपमा संचालित पोर्टलले प्रदेश १ का उद्यमी व्यवसायीहरुलाई आवश्यक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्