अस्पतालको चक्कर काट्दाकाट्दै रक्तचापका बिरामीको मृत्यु

 न्यूज विराट
अस्पतालको चक्कर काट्दाकाट्दै रक्तचापका बिरामीको मृत्यु

अस्पतालले उपचार गर्न नमानेपछि विराटनगरमा एक महिलाको मृत्यु भएको छ । विराटनगरका निजी स्वास्थ्य संस्थाले उच्च ज्वरो देखिएका बिरामीको उपचार गर्न अस्वीकार गरपछि धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवाबाट उपचारका लागि ल्याइएकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृत्यु हो ।

गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय क्लिनिकमा उपचारका क्रममा उच्च रक्तचाप देखिएपछि उनलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो । उनलाई परिवारका सदस्यले एम्बुलेन्समा राखेर धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो।

उनकी छोरी लक्ष्मी गुरुङका अनुसार प्रतिष्ठानमा चेकजाँचका क्रममा १०२ डिग्री ज्वरो देखिएकाले नरदेवीलाई आइसियुमा राखेर उपचार गर्नु पर्ने चिकित्सकहरू बताएका थिए । तर, चिकित्सकहरूले प्रतिष्ठानमा आइसियु खाली नभएको भन्दै विराटनगरको न्युरो अस्पताल रेफर गरेका थिए ।

न्युरोमा नर्सहरूले उपचार सुरु गरेपछि चिकित्कहरू आएर भेन्टिलेटर खाली नभएको र ज्वरो आएका बिरामीको उपचार गर्न नसकिने भन्दै उपचार गर्न अस्वीकार गरेको छोरी लक्ष्मीको भनाइ छ ।

त्यसपछि बिरामी नरदेवीलाई विराट नर्सिङ होम विराटनगर पुर्‍याइयो । त्यहाँका चिकित्सकहरूले पनि अरू अस्पतालले उपचार गर्न नमानेका बिरामीको उपचार गर्न नसकिने भन्दै दुर्व्यहार गरेको लक्ष्मीले गुनासो गरिन् ।

त्यसपछि नोबेल शिक्षण अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा उनको त्यही मृत्यु भएको हो । चिकित्सकहरूले ल्याउन ढिला भएकाले बचाउन नसकिएको बताएको लक्ष्मीको भनाइ छ ।

सम्बन्धित समाचार

गृहमन्त्रीको नवनियुक्त डिआइजीलाई निर्देशन : लकडाउनको प्रवाभकारी कार्यान्वयन गर्नुहोस्

गृहमन्त्री रामबहादुर थापा बादलले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढंगले कामकारबाही अघि बढाउन नवनियुक्त डिआइजीहरूलाई निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यले विश्वास गरेर बढुवा र जिम्मेवारी प्रदान गरेको स्मरण गराउँदै इमान्दारीपूर्वक कर्तव्य...

नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङ अध्यक्षमा सुवोध आचार्य

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन...

अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ

डडेल्धुरा, २६ वैशाख-डडेल्धुरामा प्रहरीले १ जनालाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ का विमल ओड रहेका छन् । स्थानीय व्यक्तिलाई अप्राकृतिक मैथुन गरेको आरोपमा उनलाई पक्राउ गरिएको डडेल्धुराका...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, ५ भदौ । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन...

विराटनगरमा आज एकैदिन १३५ जनामा कोरोना संक्रमण

विराटनगर, १४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

नेपालमा कोरोनाविरुद्धको खोप १४ गतेदेखि लगाउन सुरु गरिने

काठमाडौं, ११ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ । आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते...

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः मुख्यमन्त्री राई

विराटनगर,१५ मङ्सिर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठवन्धनमा रहेका केही पार्टीहरुको राष्ट्रिय तथा जिल्ला अधिवेशन चलिरहेकोले प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई भएको बताउनु भएको छ। मुख्यमन्त्री राई नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्