
शनिबार २ हजार २ सय ६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । आज १ हजार १ सय ४४ जना क्वारेन्टाइनमा छन् ।