पहिराेमा पुरिएकामध्ये ६ जनाको शव भेटियाे

 न्यूज विराट
पहिराेमा पुरिएकामध्ये ६ जनाको शव भेटियाे

पर्वत, ३२ जेठ-पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ मध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् ।

घरभन्दा माथिबाट आएको पहिरोले २ घर पुरिँदा २ परिवारका ९ जना पुरिएका हुन् । पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।

थप ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले बताए ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी उद्धारमा खटिएका छन् । शनिवार राति १ बजेसम्म खोजीमा खटिएका सुरक्षाकर्मी वर्षा नरोकिएकाले समस्या भएपछि फर्किएका थिए ।

बिहानबाट पुनः उद्धारमा लागेकाे कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । शनिबार साँझ ६ बजेदेखि झण्डै २ घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोमा पुरिएर उनीहरूकाे घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३ सय मिटरभन्दा माथिबाट पहिरो खसेकाे थियाे ।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा ६१७४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकमा ४९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

थप १८७ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ...

दाहाल–नेपाल दल फोडुवा हुन्ः उपप्रधानमन्त्री पोखरेल

जनकपुर, २१ पुस-नेकपाका स्थायी कमिटी सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहलाई दल फोडुवा समूह भन्दै दल फोडनेका पक्षमा नलाग्न आग्रह गरेका छन् । उनले उनीहरुको कारणले कम्युनिष्ट आन्दोलन नै बदनाम भएको जिकिर गरे ।...

प्रदेश १ मा कोरोना संक्रमण घट्यो, एकसातामा ४९ संक्रमित थपिए

विराटनगर, १० माघ । प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा...

सकियो नेकपा सचिवालय बैठक

काठमाडौं, २० मंसिर-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो । आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमागी भएका थिए...

निरन्तरको वर्षाले डुवानमा विराटनगर ( फोटो फिचर)

विराटनगर । गएरातीदेखि परेको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ । पानीको निकास थुनिंदा विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको हो । सडकमा पानी जमेर आवतजावतसमेत समस्या उत्पन्न भएको छ । लगातारको वर्षाको कारण केसेलिया खोलाको...

मोरङको बेलबारीमा श्रीमतिको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुको मंगलबा राती १ : ४५ बजे...

पाँच बुद्धे मागसहित अखिल नेपाल ट्रेड युनियले बुझायो श्रम कार्यालयमा ज्ञापन पत्र

विराटनगर। अखिल नेपाल ट्रेडयुनियन महासंघ कोशी प्रदेशको अगुवाईमा श्रमकार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएको छ । ५ बुँदे माग सहित अखिल नेपाल टे«ड युनियनले आज श्रम कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा श्रमऐन २०७४ लागू गरिनुपर्ने, सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्