प्रदेश १ मा कोरोना संक्रमण घट्यो, एकसातामा ४९ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा कोरोना संक्रमण घट्यो, एकसातामा ४९ संक्रमित थपिए

विराटनगर, १० माघ । प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो ।

एकसाताको अवधिमा मोरङमा १६, झापामा १०, सुनसरीमा ९, संखुवासभा र भोजपुरमा २–२ र इलाम र पाँचथर १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या ३० हजार ११९ पुगेको छ ।

एक सातामा १०२ जना डिस्चार्ज भएका छन् । हालसम्म २९ हजार ५५८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले संक्रिय संक्रमितको संख्या ९६ जना रहेको मन्त्रालयले जनाएको छ । एकसातामा १ हजार ७९६ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म २ लाख १५ हजार ४८२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका सिरहा एक साता बन्द

लाहन,  १८ असोज-कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरेको छ ।  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा...

३ वर्षभित्र सबै जनताको स्वास्थ्य बीमा गरिने

काठमाडौं, जेठ २-५ सय ५१ स्थानीय तहमा २७ लाख बीमा गरिएको भन्दै आगमि ३ वर्षभित्रमा सबै नागरिकको स्वास्थ्य बीमा गरिसक्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । शुक्रबार संयुक्त सदनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले...

कोरोना संक्रमित पत्रकारको उपचारका लागि महासंघ मोरङले स्थापना गर्याे कोरोना समन्वय कोष

विराटनगर, ३० बैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ । बिहीबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग...

विराटनगर धाडेवा रोडस्थित एक हार्डवेयरको गोदामबाट कटुवा पेस्तोल बरामद, एक जना पक्राउ

विराटनगर । विराटनगर–७ धाडेवा रोडमा रहेको एक हार्डवयरको गोदामबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुई साताअघि बन्द भएको गोदाममा प्रहरीले पेस्तोल फेला पारेपछि गोदमका कामदार...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

प्रधानमन्त्री ओली संखुवासभामा

काठमाडौं, २६ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न आयोजनाहरुको निरीक्षण भ्रमणका लागि संखुवासभा पुगेका छन् ।हेलिकोप्टरमा संखुवासभा पुगेका प्रधानमन्त्रीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गरेका छन् । उनले स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका...

थप २ जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५१ पुगेको छ।आज थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नया २ संक्रमित पर्सा र बिरगंजका ५० वर्षिय पुरुष भएको मन्त्रलायले जनाएको...

आइतबार थप ४ सय ६३ जनामा काेराेना पुष्टि

काठमाडाैं, १४ असार-आइतबार थप ४ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या १२ हजार ७ सय ७२ पुगेकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्