सकियो नेकपा सचिवालय बैठक - News Birat

सकियो नेकपा सचिवालय बैठक

न्यूज विराट

काठमाडौं, २० मंसिर-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेर अघि सकिएको हो ।

आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमागी भएका थिए । बुधबार ओली सहभागी नभएपछि बैठक आजका लागि सरेको थियो ।

आजको सचिवालय बैठकअघि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । उनीहरूबीच करिब २० मिनेत छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्ण सापकोटाले जानकारी दिए । यसअघि दोस्रो तहका नेताहरूले पनि सचिवालय बैठकको वातावरण बनाउन छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

आजको सचिवालय बैठक १३ मंसिरमा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत २८ कात्तिकमा प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनका सम्बन्धमा केन्द्रित रहेको बताइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles