विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन

 न्यूज विराट
विभेदविरुद्ध अमेरिका, बेलायत र अस्ट्रेलियामा विशाल प्रदर्शन

एजेन्सी, जेठ २५-अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ ।

अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शन १२ दिन पनि जारी रह्यो ।

जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा पनि फैलिएको छ।

बेलायत र अस्ट्रेलियामा कोरोना भाइरसको जोखिम रहँदा रहँदै पनि ठूलो संख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका छन् । अमेरिकाको राजधानी वासिङ्टनमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा दशौं हजार मानिसहरू सहभागी भएका छन् ।

प्रदर्शन बढ्दै जाँदा प्रहरीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पुग्ने सबै बाटोहरू बन्द गरेको छ । वासिङ्टनमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मेयर मुरिअल बाउसरले स्वागत गर्दै प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा सन्देश दिएको बताएका छन् ।

बाउसरले संघीय सुरक्षा बलका जवानहरू र नेशनल गार्ड सैनिकहरूलाई वासिङ्टन सहरबाट हटाउन माग गरिन् । गत सोमवार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउस नजिकैको चर्चसम्म जान बाटो खोल्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । ट्रम्पले वासिङ्टनमा सैनिक परिचालन गरेका छन् ।

न्यूयोर्क, शिकागो र सन फान्सिस्कोमा पनि ठूला प्रदर्शनहरू भएका छन् । फ्लोइडको जन्मस्थल नर्थ क्यारोलिनामा भने मानिसहरूले उनलाई श्रद्धान्जली प्रकट गरेका छन् ।

न्यूयोर्कमा प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिज पार गरे भने शिकागोमा गोल्डन गेट ब्रिज केही समयका लागि बन्द गरेका थिए । बेलायतमा पनि हजारौं मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन् । लन्डन, म्यानचेस्टर, कार्डिफ र शेफिल्ड लगायतका सहरहरूमा प्रदर्शन भएका छन् ।

लन्डनमा एक मिनेटको मौनधारणपछि प्रदर्शनकारीहरूले नारा लगाउन सुरु गरेका थिए । दिनभरि प्रदर्शन शान्तिपूर्ण रहे पनि बेलुकी प्रधानमन्त्री निवास नजिकै भने केही हिंसात्मक घटना भएका थिए ।

अस्ट्रेलियामा पनि हजारौँ मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन् । कोरोनाभाइरस जोखिमको बारेमा चेतावनीलाई वेवास्ता गर्दै प्रदर्शन गरिएका हुन् । ब्रिस्बेन, मेलबर्न, होबर्ट र अन्य क्षेत्रमा समेत विरोध प्रदर्शन गरिएका छन् ।

सम्बन्धित समाचार

सुनवर्षीमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

विराटनगर, २१ पुस । मोरङको सुनवर्षी नगरपालिकामा लक्षित बर्गका युवाहरुका लागि तीन दिने आभारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिकाको सहयोगमा सञ्चारकर्मी मिडिया प्रा.लि. विराटनगरको आयोजनामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको...

सीमा विवादलाई लिएर चिनियाँ मुखपत्र ग्लोबल टाइम्सको टिप्पणीप्रति नेपाली कांंग्रेसको आपत्ति

काठमाडौं, २८ कात्तिक-चिनियाँ मुखपत्र ग्लोबल टाइम्स पत्रिकाको समाचारप्रति कांग्रेसले आपत्ति जनाएको छ । शुक्रबार बसेकाेे केन्द्रीय समिति बैठकले नेपाल-चीन सीमा स्तम्भमा देखिएक‍ो समस्याका विषयमा पार्टीको तर्फबाट अध्ययन गरेकै आधारमा चिनियाँ पत्रिकाले आफूलाई भारतपरस्त भनी गरेको...

लिटल कोशीका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जनाप्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका छन् ।विराटनगरमा शनिबार आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरूले आ–आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् ।उनीहरूले नृत्य, गायन, चित्रकला,...

हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ । हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित...

प्रदेश २ सरकारले बलिदानी दिवस मनाउने

जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...

नेपालमा कोरोबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

काठमाडौं, २२ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ११ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ४ महिला र ७ पुरुष गरी ११...

मोरङमा मापसे चेकजाँचमा कडाइ, सेवन गरी सवारी चलाए तत्काल कारवाही

विराटनगर । जाडोमा मादक पदार्थ सेवन (मापसे) खाएर सवारी साधन चलाउने भएको मोरङ ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।विरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बस र यात्रु ओसार–पसार गर्ने सिटी सफारीका सवारी चालकहरुले मादक...

नेपालगञ्जका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नखुल्दा संक्रमण स्रोत पत्ता लगाउँनै समस्या

बाँके, २४ वैशाख-बाँकेमा फेला परेका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको सुरुको अवस्था पत्ता लगाउन मुस्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्