राशिफल

लिटल कोशीका प्रतियोगिले देखाए प्रतिभा

 न्यूज विराट
लिटल कोशीका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा पुगेका ४३ जनाप्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका छन् ।
विराटनगरमा शनिबार आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरूले आ–आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् ।
उनीहरूले नृत्य, गायन, चित्रकला, नाटकल गायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।

जय मिडिया म्यानेजमेन्ट प्रालिले बालबालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस्टर एण्ड मिस लिटल कोशीप्रतियोगिता गर्दै आएको छ ।
ट्यालेन्ट शो को निर्णायकहरूमा गायक तथा संगीत प्रशिक्षक बिश्वजीत चक्रवती, मिस कोशी २०२१ को फस्टरनरअप तथा मिस टेलेन्ट आयुषा आचार्य, जय मिडिया मेनेजमेन्टका चेयरम्यान तथा कलाकार जय राज राय रहेका थिए ।
प्रतियोगिताको फाइनलमा खोटाङकी रीता परियार, रंगेलीकी स्मारीका यादव, इटहरीकी अविज्ञा पोखरेल, मोरङको रतुवामाइकी अयुषा बस्नेत, इनरुवाकी अन्तरा सुब्बा, साक्षी यादव,अनिसा कुमारी मेहता, रिसिका रिजाल, एलिसा रौनियार पुगेका छन् । यस्तै विराटनगरकी परी नेवटीया, स्वर्निमा भट्टराई, आयुना राई, माही भगत, आर्यता झा, अनिसा राजवंशी, प्रतिक्षा श्रेष्ठ, स्वच्छ श्रेष्ठ, आरवी खड्का, जेनी राजवंशी, प्रियकां कोइराला, सायरा थापा, आर्यन साह, केशव झा, रोहित कुमार साह, आदर्श रौनियार, आरोन राजश्रेष्ठ, आरुष दाहाल, समरुद्ध यादव, प्रसुन तामाङ, बिबेक नेवटीया, मारुती कुमार मण्डल, अभियान श्रेष्ठ, परिस्कृत आचाय, भविष्य चौधरी फाइनलमा पुगेका छन् ।
यसैगरी पथरीका सार्थक भट्टराइ, राजबिराजका आरज्ञा मंडल, भोजपुरबाट कटरीना सुबेदी, सुवासना श्रेष्ठ, कटहरीकी हिमानी राजवंशी, उदयपुरका आलिया शाही ठकुरी, सोलुखुम्बुबाट रिहाना राउत, बुढीगंगा मेघा कुमारी शर्मा, जहदाबाट श्रेया राजवंशी र झोराहाटकी स्नेहा साहफाइनलमा पुगेका छन् । प्रतियोगिताको फाइनल कार्तिक २६ गते विराटनगरमा हुनेछ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...