
जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ५ गते बलिदानी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । मन्त्री यादवका अनुसार दिवसको अवसरमा मधेस आन्दोलनका सहिद परिवार एवं घाइतेहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।