रोल्पा बम विष्फोट घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

 न्यूज विराट
रोल्पा बम विष्फोट घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं, १९ वैशाख-नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी ४ अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार १ विज्ञप्तिमार्फत उक्त घटनाले आफ्नो पार्टीसँगै सिङ्गो देश मर्माहत भएको उल्लेख गर्दै त्यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बाँकी छ, तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबैलाई हृदयदेखि गम्भीर र आत्मालोचित बनाउने अपेक्षा छ’, विज्ञप्तिमा उल्लेख छ ।

रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीबार बम बिस्फोटमा परी ११ वर्षीया विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगीको मृत्यु भएको थियो । कांग्रेसले बिस्फोटमा जीवन गुमाउने बालबालिकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै यो कारुणिक पीडाको घडीमा सम्बन्धित परिवारजनमा समवेदना व्यक्त गरेको छ ।    – रासस

सम्बन्धित समाचार

दसैँमा नयाँ नोट सटही नगर्ने राष्ट्र बैंकको निर्णय

काठमाडौं, २५ असोज-नेपाल राष्ट्र बैंकले याे वर्षको दसैँमा नोट सटही नगर्ने निर्णय गरेकाे छ  । बैंकले आज कोरोना भाइरसको जोखिमका कारण विगतदेखि वितरण गरिने दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय गरेकाे हाे । तीव्र रूपमा...

भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए

 काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् । त्यसैको...

दोब्बर बढ्यो खाने तेलको मूल्य

काठमाडौं, असोज ५ । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले...

आज ३ अन्तर्राष्ट्रिय कार्गो उडान, चीन र यूएईबाट सामान ल्याइँदै

काठमाडौं, ५ बैशाख-शुक्रबार ३ वटा अन्तर्राष्ट्रिय कार्गो उडान हुँदैछ । संयुक्त अरब इमिरेट्स यूएईको सारजहाबाट एयर अरेबियाको कार्गो विमान काठमाडौं आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । एयरबस ३२० कार्गो विमान...

निको भएर फर्किए १६ कोरोना संक्रमित

काठमाडौं, १४ वैशाख-कोरोना भाइरस संक्रमण भेटिएका १६ जना नेपाली उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार आज थप ४ जना कोरोना जाति भएर घर फर्किएका हुन् । मन्त्रालयका अनुसार रौतहटका...

काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने

विराटनगर/ काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ ।प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे...

त्रिभुवन विमानस्थलमा बम राखिएको कुरा हल्ला मात्रै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान बम राखिएकाे कुरा गलत हल्ला मात्रै रहेकाे पुष्टि भएकाे सुरक्षा निकायले जनाएका छन् । विमानस्थलमा आठवटा बम राखिएकाे भनेर अज्ञात व्यक्तिबाट फाेन आएपछि प्रहरीले यात्रुहरूलाई बाहिर निकालेर खानतलासी लिएकाे थियाे...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रसूती र बाल स्वास्थ्य सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । डाउनटाउनले आफ्नो सिर्भस प्रोजेक्ट अन्तर्गत प्रसूती र बाल स्वास्थ्य जागरूकतामा केन्द्रित कार्यक्रम आयोजना गरेको हो । सो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्