जनता मरिरहँदा प्रदेश सरकार रमिते बन्यो : कांग्रेस

 न्यूज विराट
जनता मरिरहँदा प्रदेश सरकार रमिते बन्यो : कांग्रेस

विराटनगर, साउन २५–नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आज विज्ञप्ति प्रकासित लकडाउन अगाडि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औलाउदै सम्पूर्ण तयारी गर्न सरकारलाई झकझकाए पनि सो अनुरुप सरकारले नगरेको उल्लेख गरेका छन् ।

‘मुख्यमन्त्री दैनिक सामाजिक संजालको भिडियोमा आएर कोरोनासंग लडिरहेको,पराष्त गर्न लागेको,घेराबन्दी भैसकेको जस्ता हल्का कुरा गरी जनमानसमा भ्रम छर्ने काम भयो’ विज्ञप्तिमा भनिएको छ,‘सरकारका कमी कमजोरी र भ्रष्टचारबाट जोगिन कोभिड १९ लाई राम्रोसँग ढालको रुपमा प्रयोग गर्न सफल रह्यो । सरकारले मिडियामा र संसदमा पटक पटक प्रर्याप्त मात्रामा आइसोलेसन बेड तयारी रहेको भनि दिएको अभिव्यक्ती अहिले आएर झुटो सावित भएको छ ।’

मोरङको गोठगाँउको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताल लेभल १, विराटनगरको कोशी कोभिड अस्पताल लेवल २ र धरानको वीपी प्रतिष्ठान लेभल ३ भनेपनि समुदायमा संक्रमण फैलिएर संक्रमित बढेपछि संक्रमितलाई समेत व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकारको काम उदांगो भएको विज्ञप्तिमा आरोप लगाइएको । विज्ञप्तिमा भनिएको छ,‘जनताको अगाडि मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समयसम्म काठमाण्डौ बस्नुले जनता प्रति सरकार कति जिम्मेवार छन भन्ने छर्लङ्ग भएको छ । कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो । लेभल ३ भनेको अस्पताल अझै पुर्ण निर्माण भै नसकेको र विरामी सिकिस्त हँुदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद कुरा हो ।’

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६४ कोरोना संक्रमित थपिए, ६२८ डिस्चार्ज

विराटनगर, २४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा पाँच, पाँचथरमा चार, इलाममा तीन, संखुवासभा, तेह्रथुम,...

नेकपा बैठकमा प्रचण्डको प्रश्न : निर्वाचन आयोगमा नेकपा एमाले कसले दर्ता गरायो ?

निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराउन निवेदन दिएको भन्ने विषयलाई स्थायी समितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रश्न उठाएका छन् । दुई दिनअघि निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएको प्रसङ्ग उठाउँदै प्रचण्डले निर्धारित विषयभन्दा...

कोरोना परीक्षण गर्न आउनेलाई विभेदको डर : प्रवक्ता देवकोटा

काठमाडौं, १७ वैशाख-विदेशबाट आएका व्यक्तिहरू आफू संक्रमित भएको शंका लाग्दालाग्दै पनि परीक्षण नगरेको पाइएको छ । संक्रमण देखिए विभेदपूर्ण व्यवहार हुन सक्छ भन्ने डरले परीक्षण गर्न नआउने गरेको स्वास्थ्य मन्त्रान्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...

दोस्रो विराट राजवंशी महोत्सव हुने

विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो विराट राजवंशी महोत्सव हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देखि २१ गतेसम्म महोत्सव हुने भएको हो । आयोजक समितिले विराटनगरमा...

प्रहरी प्रधान कार्यालयमा ३५ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडौं, १४ साउन-काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ का ३ घरमा पहिरोले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा ३ घरलाई पहिरोको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई...

‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ सुरू, १९ देशका खेलाडी सहभागी

पोखरा, फागुन ११–पोखरामा ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर- २०२०’ तथा ‘१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप’ आइतबारबाट सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याङग्लाइडिङ संघ (नेफा) र नेपाल...

थारु समुदायमा माघीकाे राैनक

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात्...

कर्णालीमा थप ११ कोरोना संक्रमित, संक्रमितको संख्या १२५६ पुग्यो

सुर्खेत, ७ असार-कर्णालीमा आइतबार ११ जनामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ११ जना संक्रमित फेलापरेका हुन् । कर्णाली प्रदेश सामाजिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्