भारतमा भुकम्पको झट्का - News Birat

भारतमा भुकम्पको झट्का

न्यूज विराट

एजेन्सी, ६ साउन । भारतका अलग–अलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महसूस गरिएको छ । राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो ।

यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महसूस गरिएको बताइएको छ ।

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको झट्का महसूस गरिएको जनाएको छ । यसबाहेक लेह–लद्दाखमा पनि बिहान करिव सवा ५ बजे भूकम्पको झट्का महसूस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles