उत्कृष्ट करदाताका रुपमा जीवन विकास सम्मानीत

 न्यूज विराट
उत्कृष्ट करदाताका रुपमा जीवन विकास सम्मानीत

विराटनग, ८ मंसिर–यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्त वित्तिय संस्थालाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको हो ।

मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहको आइतबार समापन कार्यक्रममा आर्थिक वर्ष २०७५/२०७६ मा नौ करोड भन्दा धेरै आयकर दाखिला गरेको जीवन विकासलाई सम्मान गरिएको थियो ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत बिमल सापकोटाले जीवन विकास लघु वित्तका कार्यकारी निर्देशक सन्जय मण्डललाई सम्मानपत्र प्रदान गरेका थिए । नाफामा हुने संस्थाहरुले आफ्नो कमाई वापत बुझाउने आय करलाई आधार मानेर यस्तो सम्मान गरिने गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरले कर सप्ताहको अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा नासु दुर्गा ढकाललाई समेत सम्मान गरेको छ ।

यसैगरी कर सप्ताह समापनको अवसरमा प्रमुख कर अधिकृत सापकोटा र विराटनगरका उद्योगी–व्यवसायीबीच जुम मिटिङ भएको छ । शुभकामना आदानप्रदानका लागि आयोजित जुम मिटिङमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ कोषाध्यक्ष रमेश राठी, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा सहभागी भएको कर अधिकृत सापकोटाले जानकारी दिए ।

आन्तरिक राजश्व कार्यालय विराटनगर कार्तिकमा लक्ष्यभन्दा बढी कर असुली गर्न समेत सफल भएको छ । धेरै पछि कार्यालयले लक्ष्यको तुलनामा ११३ प्रतिशत कर असुल्न सफल भएको हो । कोरोना संक्रमणका कारण खस्कीएको कर असुली चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यको ९० प्रतिशत मात्रै भएपनि कार्तिकमा लक्ष्य भन्दा धेरै असुली भएको हो ।

सम्बन्धित समाचार

प्रदेश १ नाम अब कोसी

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...

झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु

झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन...

डेरा गरेर अध्ययनरत विद्यार्थीलाई गृह जिल्ला पुर्‍याइँदै

बनियानी, २९ चैत-जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरूको गृह जिल्ला पुर्‍याइने भएको छ ।कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरूलाई गृह जिल्ला पुर्‍याउने...

पोखरा महानगरपालिकामा होलबडी स्यानिटाइजर टनेल

पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसन (एनईए) गण्डकीको सहकार्यमा निर्माण गरिएको स्यानिटाइजर आइतबारदेखि सञ्चालनमा आएको हो । कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई स्यानिटाइज गरी मानिसको...

क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन्...

सीएनआई एक्स्पोको आकर्षण, झिंगे माछाबाट बनेको स्वादिलो अचारमा भिड

विराटनगर । विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउँदै आएको माछाको अचार स्वादका पारखीहरुका लागि रोजाई बनेको छ । विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका हरेकजसो अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न...

भारतमा एक महिनामा थपिए २६ लाख संक्रमित

एजेन्सी, १५ असोज-भारतमा पछिल्लो एक महिनामा २६ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । अगष्टयता सङ्क्रमण ७१ प्रतिशतले वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतको विभिन्न राज्यमा सञ्चालन गरिएको ‘सिरो प्रिभेलेन्स’ सर्वेक्षणले यस...

पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने आयल निगमको संकेत

काठमाडौँ, ३० कात्तिक । नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्