
कोरोना भाइरस बीमा स्थगित
काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...
विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा सावुन, सरफ, फिनेललगायतको खरिदमा विभिन्न अफरको व्यवस्था गरिएको बताए ।
त्यस्तै एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरुमा पनि प्याकेजअनुसार अफर ल्याइएको व्यवसायी प्रदीप घिमिरेले जानकारी दिए । अर्का व्यपारी श्यामकाजी थापाले एक्स्पोकै अवसर पारेर लत्ताकपडामा पनि विभिन्न अफर ल्याइएको बताए । उनले कपडाहरुमा १० देखि १५ प्रतिशतसम्म छुट दिइएको बताए ।
एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई पाकिस्तानका व्यापारीहरूलेसमेत विभिन्न अफर लिएर आएका छन् । उपहार योजनाका कारण आफूहरुलाई आकर्षित गरेको उपभोक्ताहरु बताएका छन् । पाकिस्तानका उत्पादन लिएर आएका सहजाद कम्पनीका प्रतिनिधि सहजाद अहमदले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिए । एक्स्पोमा दैनिक रुपमा पनि विभिन्न खालका आकर्षक उपहारको व्यवस्था गरिएको छ ।
शुक्रबारदेखी सुरु भएको स्क्स्पोमा हेलिकोप्टरबाट विराटनगर अवलोकन, पाथीभरा दर्शन, हात्तीको सवारीलगायत विभिन्न मनोरञ्जनको व्यवस्था गरिएको छ । यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति फेसन शो, सेल्फी जोनलगायतका विभिन्न आकर्षण पनि एक्स्पोमा समावेश छन् । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला ९ दिनसम्म सञ्चालन हुनेछ । मेलाको सुरक्षाका लागि मेला स्थल वरपर सिसी क्यामाराको राखिएको छ । एक्स्पोमा १ अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा दैनिक उपभोग्य वस्तु, कृषिजन्य उत्पादन, लत्ताकपडा तथा मनोरञ्जनका सामग्री, खानाका स्टल प्रदर्शनीका लागि राखिएको छ ।
एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रुपैयाँ र विद्यार्थीलाई २५ रुपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । ३ सय ४० वटा स्टल रहने एक्स्पोमा ४० स्टल अन्तराष्ष्ट्रिय, ६० वटा स्टल घरेलु तथा हस्तकला, १ सय ६० स्टल औद्योगिक उत्पादन, ३८ वटा अटोमोबाइल्सका छन्।
यस्तै १२ वटा बैंक तथा वित्तीय संस्थाका, २० वटा जनचेतनामूलक, खानाका १० वटा स्टल रहेका छन् । एक्स्पोको अबलोकन ३ लाख बढीले गर्ने अयोजक समितिले दाबी गरेको छ । शुक्रबारदेखी सुरु भएको एक्स्पो अवलोकनका लागि उल्लेख्य भीड लागेको छ । एक्स्पोमा पुगेर विभिन्न छुट र उपहार योजनाको लाभ लिन उपभोक्ता र अवलोकनकर्ताहरुको भीड लागेको छ ।
काठमाडौं, २३ जेठ-बीमा समिति र नेपाल बीमक संघबीच कोरोना बीमा स्थगित गर्ने सहमति भएको छ । संघका अनुसार २ पक्षबीच भएको छलफलपछि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । हालसम्म ३ लाखले...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अस्ट्रेलिया र एसियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ । नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता...
काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे...
विराटनगर, ४ असार-प्रदेश १ बाट बिहीबार ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९...
काठमाडौं, ३ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।नेकपालभित्र देखिएका समस्याबारे छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले निश्चित एजेन्डा नभए...
काठमाडौं, जेठ १७–संविधान संशोधन विधेयक संसदमा पेस गर्न सभामुख अग्नि साप्कोटाले अनुमित दिएका छन् । सभामुखको अनुमतिलगत्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गरेकी छन् । यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित...
विराटनगर । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको...
छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ । कोरोना भाइरस (कोडिभ–१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.