रौतहटबाट ८१ जना संक्रमित डिस्चार्ज - News Birat

रौतहटबाट ८१ जना संक्रमित डिस्चार्ज

न्यूज विराट

काठमाडौं, २९ जेठ-रौतहट जिल्लाका विभिन्न अस्पतालमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उपचारपछि निको भएर ८१ जना कोरोना भाइरस संक्रमित घर फर्किएका छन् ।

रौतहट जिल्ला अस्पतालका मेसु डा. कृष्ण साहका अनुसार गौरस्थित नरसिंह इन्टिट्युटबाट १६ जना, इस्नाद नगरपालिकाले निर्माण गरेको आइसोलेसनबाट ३५ जना, देवही गुनाहीमा स्थापना गरिएको आइसोलेसनबाट १० जनालाई डिस्चार्ज गरिएका हुन् । त्यसैगरी डिस्चार्ज हुने अन्य कटहरीया र राजदेवीका छन् ।

रौतहटमा हालसम्म ४ सय ७४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यहाँ कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १०२ पुगेको छ । ७ हजार ९ सयभन्दा बढी क्वारेन्टाइनमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles