काठमाडौं, १४ वैशाख-नवगठित जनता समाजवादी पार्टीको दल दर्ता रोक्नका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । संविधानविपरीत दल दर्ता पक्रिया भएकाले रोक्नका लागि राष्ट्रिय युवा संघका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन पेस गरेका हुन् ।
निवदेनमा उल्लेख गरिएअनुसार दुवै पार्टीबीच भएको सहमतिपत्रमा प्रस्ताव गरिएको नयाँ दलको उद्देश्य नेपालमा बहुराष्ट्रिय राज्य कायम गर्ने भनी उल्लेख गरेकाले आयोगमा दर्ता रोक्न लागि निवदेन पेस गरेको निवदेनमा उल्लेख छ ।
दुबै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’भन्ने व्यहोरा नेपालको संविधानविपरीत भएको उल्लेख गर्दै दल दर्ताको प्रक्रिया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले बताए। बहु राष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएकोमा प्रक्रिया रोक्न आयोगमा निवेदन दर्ता गरिएको उनले बताए ।