अमेरिकी निर्वाचनः मतदान सम्पन्न, प्रारम्भिक नतिजा आउन सुरु

 न्यूज विराट
अमेरिकी निर्वाचनः मतदान सम्पन्न, प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी, १९ कात्तिक-अमेरिकी राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अब मतपरिणामको पर्खाई सुरु भएको छ ।

मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ । केही राज्यको नतिजा आउन सुरु भएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएको छ भने पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको थियो ।

कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेको थियो । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो मत खसालेकी थिइन्। श्रीमान्‌सँग मत नखसाल्नुको कारणबारे पत्रकारहरूले सोधेपछि उनले भनिन्, ‘आज निर्वाचनको दिन हो। त्यहीँ भएर मत खसाल्न म यहाँ आएकी हुँ।’

राष्ट्रपति ट्रम्पले एक साताअघि नै आफ्नो मत खसालिसकेका थिए । यसपटकको निर्वाचनमा करिब १० करोड मतदाताले  अग्रिम मतदान गरेका छन् ।

गएराति भएको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको थियो । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।

७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् । त्यसबेला जर्ज एचडब्लु बुसले दोस्रो कार्यकालका लागि निर्वाचन जित्न असफल भएका थिए ।

सम्बन्धित समाचार

इनोभेटिभद्वारा विराटनगरमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन

विराटनगर, ३० चैत । लायन्स क्लव अफ विराटनगर इनोभेटिभ र इनोभेटिभ स्टार विराटनगरको आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत संकलन भएको छ । विराटनगर स्थित भानु कलेजको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ पिण्ट...

विराटनगरमा एक महिलाको शव भेटियो

विराटनगर । विराटनगर – १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ । महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५– ४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय...

प्रदेश १ मा आज २४० डिस्चार्ज, २६ संक्रमित थपिए

विराटनगर, १५ पुस-पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुने सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार १८० पुगेको छ । प्रदेश १ मा आज...

अष्ट्रेलिया, चीन र कोरिया उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, २० वैशाख-देशमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको...

प्रजिअ र एसपी राहत बाढ्न आगलागी पीडितकोमा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका २ धरमपुर पैठामा भएको आगलागीबाट पीडित परिवारहरुलाई नगद सहित राहत सामाग्री वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति मोरङको अध्यक्ष तथा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित मोरङका प्रहरी...

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, ६ कात्तिक-बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय...

कोशी प्रदेश खारेजीको माग राख्दै पहिचानवादीहरू आन्दोलित

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रर्दशन...

डुबेर एक जनाको मृत्यु

विराटनगर, १८ जेठ । जिल्ला सुनसरी कोशी गाऊपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पंचायत भिमनगर १३ लालपुर घर भई सुनसरी कोशी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्