राशिफल

नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

 न्यूज विराट
नियामकलाई छल्न खोज्ने एनआईसी एसिया राष्ट्र बैंकको फन्दामा

काठमाडौं, १० माघ । एनआईसी एशिया बैंकको बोनस शेयर वितरणमा रोक लगाइएको छ । गत मंसिर पहिलो साता नै एनआईसी एशिया बैंकले वार्षिक साधरणसभा डाक्नुपहिले फाइल स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको थियो ।

तर, राष्ट्र बैंकले एक महिनापछि गत पुस पहिलो साता बोनस बाँड्नको लागि पुँजी काेष पर्याप्त नपुग्ने भन्दै सच्चाएर ल्याउन भनेकाे थियाे ।

एनआईसीले त्यसो गर्न नमानेपछि राष्ट्र बैंकले बोनस शेयर वितरणमा राेक लगाउने निर्णय लिएकाे हाे ।

राष्ट्र बैंकले यसअघि यसरी बोनस शेयरमा रोक लगाएको थिएन । एनआईसी एशियाले गत वर्षको आम्दानीबाट १५ प्रतिशत बोनश शेयर र ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने गरी सञ्‍चालक समितिबाट पास गराएको थियो ।

तर, राष्ट्र बैंकको प्रावधानअनुसार, लाभांश तथा बोनस दिन ११ प्रतिशत पुँजीकोष र त्यसमध्ये ८.५ प्रतिशत प्राथमिक पुँजी पुर्‍याउनुपर्ने हुन्छ । एनआईसीको पुँजीकोष ८.१ प्रतिशत मात्रै पुगको छ । यसै आधारमा राष्ट्र बैंकले बोनस शेयर वितरणमा रोक लगाएकाे हाे । योसँगै शेयर लगानीकर्ताको हात खाली हुने भएको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशिका, २०७७ अनुसार आर्थिक वर्षको बीचमा कुनै अवधिमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको अवस्थामा आर्थिक वर्षको अन्त्यसम्म पूरा गर्न सक्ने सुविधा थियो ।

तर, एकीकृत निर्देशिका-२०७८ मा भने कुनै अवधिमा न्यूनतम पुँजीकोष पूरा गर्न नसके पनि सोही वर्षको अन्त्यमा पूरा गरेका कारण नगद लाभांश वा बोनस शेयर वितरण गर्न नपाइने व्यवस्था छ ।

राष्ट्र बैंकका अधिकारीहरूले अघिल्लो निर्देशिका अनुसार एनआईसीको विवरण देखिएको भन्दै अहिलेको नियमअनुसार वितरण गर्न नपाइने बताएका छन् ।

आक्रामक रूपमा कर्जा विस्तार गर्दै आएको यो बैंकले नियामकीय निकायले तोकेको सर्त पालना गर्न नसकेको हाे । यस बैंकमाथि मनपरी रूपमा कर्जा विस्तार गरेको र कर्जा उठाउन अपरिचित व्यक्तिहरू प्रयोग गर्ने गरेको आरोप लागेको छ ।

 

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...