संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढाल्न खोजेपछि ताजा जनादेशमा जाने निर्णय गरेँ : प्रधानमन्त्री ओली - News Birat

संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढाल्न खोजेपछि ताजा जनादेशमा जाने निर्णय गरेँ : प्रधानमन्त्री ओली

न्यूज विराट

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयत्न भएपछि ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् ।

नारायणहिटीको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदलाई ठीक ढंगले काम गर्न दिनुभएन र पंगु अवस्थामा पुर्‍याउन समीकरणको राजनीतिक बहुमतको सरकारको ढालेर अस्थिरताको राजनीति गर्न खोज्नुभयो । त्यस कारण चुनावमा जाने निर्णय गरेँ ।’

उनले देश चुनावतर्फ लागि सकेको दाबी गरे ।  ‘चुनावमार्फत नै जनताले काम गर्न खोज्ने ठीक कि गर्न नदिने ठीक जनताले फैसला गर्नेछन्,’ उनले भने । प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालले पार्टी छोडेपछि सरकारको कामको गति अघि बढेको बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles