सार्वजनिक जग्गासहित अनियमिततामा संलग्न जोकोहीलाई कारवाही गर्ने अख्तियार प्रमुख राईको घोषणा

 न्यूज विराट
सार्वजनिक जग्गासहित अनियमिततामा संलग्न जोकोहीलाई कारवाही गर्ने अख्तियार प्रमुख राईको घोषणा

काठमाडौं, माघ २८-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमिततामा संलग्न सबैलाई कारवाही गर्ने घोषणा गर्नुभएको छ । अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई अनुसन्धान गरेर कारबाही गरिने घोषणा गर्नुभएको हो ।

पछिल्लो समय सार्वजनिक जग्गा हडप्ने क्रम बढिरहेको बेला अख्तियारले यस्ता विषयमा चासो दिएको हो । ‘सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला(खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य हुने छैन,’ प्रमुख आयुक्त राईले भन्नुभयो, ‘सार्वजनिक पदाधिकारी वा उनीहरू जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा रहने छ ।’

औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने उहाले जानकारी दिनुभयो । प्रमुख राईले विभिन्न सरकारी निकाय, विकासे निर्माण कार्यमा हुने अनियमिततामा पनि अख्तियारको कडा नजर रहने बताउनु भयो ।

सम्बन्धित समाचार

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा...

खानेपानी बितरणलाई सुलभ र सहज बनाउन जोड

विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी...

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थी दले कालोमोसो

विराटनगर, ३० पुस । विराटनगरको नोबेल र काठमाडौंको केएमसी मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीहरूले कालोमोसो दलेका छन् । केएमसी कलेजका विद्यार्थीहरूले कलेजका सञ्चालक शर्मालाई कालोमोसो दलेका हुन् । शुक्रबार केएमसीको शुल्क विवादबारे सिंहदरबारमा छलफल...

संघीय संसदका अधिवेशन अन्त्य

राष्ट्रपति बिद्यादेवी भण्डारीले संघीय संसदका दुवै अधिवेशन अन्त्य गरेकीछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले २४ चैतदेखि लागु हुनेगरी अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । यसअघि सरकारले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय...

विराटनगरको जनरल हस्पिटल आफ्नै भवनमा संचालन, यस्ता छन् सेवाहरू

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आएको छ । नयाँ भवनको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधबार उद्घाटन गरेपछि संचालनमा आएको हो...

प्रदेश १ मा साढे १४ सयको परिक्षण गर्दा चार सय ६८ मा कोरोना पुष्टि, दुई सय २१ डिस्चार्ज

विराटनगर, ३० असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ६८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा दुई सय ७, सुनसरीमा दुई सय, झापामा २९, तेह्रथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई,...

गुण्डा नाइके विकास दुबेका थप २ सहयोगीको इन्काउन्टर

एजेन्सी, असार २५-भारतको कानपुर शुटआउटमा संलग्न गुण्डा नाइके विकास दुबेका थप २ जना सहयोगीलाई प्रहरीले इन्कान्टरमा मारिदिएकाे छ ।  विकासका साथी बरुआ दुबे र प्रभात मिश्रालाई प्रहरीले गोली हानेर मारेको हो । एक स्विफ्ट डिजायर कार...

सीमा विवादको समाधान कूटनीतिक तहबाटै खोज्नुपर्छ:गृहमन्त्री थापा

काठमाडौं, २८ वैशाख-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतले नेपालको भूभाग अतिक्रमण गरेको विषयलाई कूटनीतिक तहबाट समाधान गर्नुपर्ने बताएका छन् । आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले झण्डै ४ सय वर्ग किलोमिटर नेपाली भूमि भारतले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्