बाराबाट २ गाडी भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर

 न्यूज विराट
बाराबाट २ गाडी भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि हवाई फायर

जनकपुर, २५ वैशाख-लकडाउनको बेला बाराको कबहीगोठस्थित नेपाल-भारत सीमानामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

भारतबाट दुइटा गाडीसहित नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकले विवादसमेत गरेका थिए । भारतीयहरूलाई आउन रोक लगाएपछि तिनीहरू ढुंगामुढासमेत गरेका थिए । सशस्त्र प्रहरीले हवाई फायर गरी भीडलाई तितरबितर पारेको हो ।

गाडी प्रवेश गर्न नपाएपछि करिब डेढ सयको संख्यामा भारतीय नागरिक सशस्त्र प्रहरीको चेक प्वाइन्टमा ढुंगामुढा गर्न आएका थिए । त्यही क्रममा सशस्त्रले हवाई फायर गरी भीडलाई भारततफै फर्काएको हो ।

सशस्त्र प्रहरी बल २ नम्बर छिन्नमस्ता बाहिनी बल मुख्यालयका डीआईजी राजु अर्यालले स्थिति सामान्य भइसकेको बताए । जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई उतै फर्काइसकेका छौं । जबर्जस्ती प्रवेश गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिनलाई हवाई फायर गरिएको हो उनले वताए ।

अनधिकृत घुसपैठ रोक्नलाई दुवै देशका सुरक्षा अधिकारीले सावधानी अपनाएर काम गरेको अर्यालले बताए । अहिले सीमामा दूबैदेशका सुरक्षाकर्मीहरूले आउन जान दिइरहेको छैन । भारत तिरबाट पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित समाचार

आज देशभर २५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१ हजार नाघ्यो

काठमाडौं, २० साउन-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा...

जलेको अवस्थामा वृद्धको शव फेला

तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका एक वृद्धजंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलबारदेखि हराइरहेका चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत...

सबै तहका परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको जानकारी...

झापामा कोरोना संक्रमणको आशंका

भद्रपुर, २ चैत–झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक...

मृगौला पीडितलाई सहयोग गर्न २ मगर संघको आग्रह

पथरी– मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न २ संघले आग्रह गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ नगर समितिले आग्रह गरेको...

विकास हुन लाग्दा पीर परेको देखेर छक्क लाग्छः ओली

काडमाडौं, फागुन ५–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । सञ्चारमाध्यमको भूमिका, सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमाध्यमले दिने...

मालपोत कार्यालय विराटनगरको सेवा बन्द

विराटनगर, ८ साउन । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमिसुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द हुने भएको छ । दुई जनामा संक्रमण पुष्टि भएर १ साउनदेखि कार्यालयले आंशिक सेवा प्रवाह गर्दै आएको थियो ।...

प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना

विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्