नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

 न्यूज विराट
नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।

हेटौँडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरूको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन: परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

भारतको उत्तर प्रदेशका तीनै जना मुस्लिम धर्मका प्रचारक धर्मगुरु हुन् । उनीहरू केही दिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ । स्थानीयका अनुसार उनीहरू ९/१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।

स्वाब थप परीक्षणका लागि हिजो काठमाडौं पठाइएको थियो । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निकयोल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति भएपछि पुटिनसँग बाइडेनको पहिलो फोन संवाद

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति भएपछि जो बाइडेनले पहिलो पटक आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका छन् । बीबीसीका अनुसार सो संवादमा बाइडेनले पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइट हाउसले जनाएको...

विराटनगरमा बजाजको एक्स्चेन्ज मेला आइतबारदेखि, यस्तो छ मेलामा विशेषता

विराटनगर । विराटनगर ३ मुनाल पथमा ‘बजाज एक्स्चेन्ज मेला’ आइतबारदेखि सुरु हुने भएको छ । बजाज कम्पनीको आधिकारिक बिक्रेता एस एन्ड ब्रोदर्श अटो प्रा.लि. को आयोजनामा बजाज एक्स्चेन्ज मेला सुरु हुन लागेको हो । आउँदै...

विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो । ती वडाको...

जिल्लाबाट पनि मन्टु शेख प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा सिफारिस

विराटनगर । नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि मोरङ जिल्लाले पनि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट काँग्रेस क्षेत्र नं. ४ को...

विनायक स्काउट ट्रुपको दीक्षान्त

विराटनगर / विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ । शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो । उक्त कार्यक्रममा ३४ जना...

काेराेनाबाट जाेगिन यस्ता छन् प्रधानमन्त्रीका ८ सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्नका लागि आमसर्वसाधारणलाई विभिन्न विधि अपनाउनका लागि आग्रह गरेका छन् । कतिपय व्यवहारहरू परिवर्तन गर्नुपर्ने अवस्था आउँदा पनि सम्भावित जोखिमबाट बच्नका लागि ती उपायहरू अवलम्बन गर्न आग्रह गरेका हुन् ।...

विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्यूरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल संचालनमा ल्याएको हो । बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतलामा पत्रकार...

सिलाइ सेन्टरमै बन्न थाले गुणस्तरहीन मास्क

काठमाडौं, फागुन २७–नेपालमा कोरोनाको त्रास बढेसँगै बजारमा सर्जिकल मास्क र स्यानिटाइजरको अभाव देखिएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताले चरम अभाव खेपिरहेका छन् । बजारमा मास्कको माग बढेपछि अहिले विभिन्न संस्था र व्यक्तिले मास्क बनाउन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्