अमेरिकी राष्ट्रपति भएपछि पुटिनसँग बाइडेनको पहिलो फोन संवाद

 न्यूज विराट
अमेरिकी राष्ट्रपति भएपछि पुटिनसँग बाइडेनको पहिलो फोन संवाद

एजेन्सी, १४ माघ । अमेरिकी राष्ट्रपति भएपछि जो बाइडेनले पहिलो पटक आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेका छन् । बीबीसीका अनुसार सो संवादमा बाइडेनले पुटिनलाई चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइट हाउसले जनाएको छ ।

दुई राष्ट्रपतिबीच मंगलबार दिउँसो फोन संवाद भएको थियो । त्यसक्रममा रुसमा जारी विपक्षीको प्रदर्शन, आणविक सम्झौताको सुरुवात गर्ने विषयमा छलफल भएको बताइएको छ । बाइडेनले पदभार सम्हालेपछि भएको पहिलो टेलिफोन संवादमा पुटिनले अमेरिकी राष्ट्रपति निर्वाचित भएकामा बाइडेनलाई बधाइ दिएका थिए ।

बीबीसीका अनुसार दुई राष्ट्रपतिबीच अमेरिकी सफ्टवेयर कम्पनीमा भएको साइबर हमला, अफगानिस्तानमा रहेका अमेरिकी सेनामाथि रुसले मूल्य तोकेको तथा एलेस्की नाभाल्नीमाथि भएको विषहमलाका विषयमा छलफल भएको ह्वाइटहाउसको वक्तव्यमा उल्लेख छ ।

उता क्रेम्लिनले भने दुई देशबीचको सम्बन्ध सामान्यिकरण, दुई देशको स्वार्थको सम्बोधन तथा कामका विषयमा दुई राष्ट्रपतिबीच खुलस्त छलफल भएको जनाएको छ ।

सम्बन्धित समाचार

प्रचण्डलाई भीम रावलले भने, ‘पदको झगडामा म सामेल छैन’ 

काठमाडाैं, १३ साउन-नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पदको झगडामा पार्टी अध्यक्ष प्रचण्डलाई साथ दिन नसक्ने बताएका छन् । बालुवाटार भेलामा रावलले पदका लागि भइरहेकाे झगडामा हारजितका लागि आफूहरूको टाउको नगन्न आग्रह पनि गरेका छन्...

शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

विराटनगर । शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत हुनुभएको छ । आज विराटनगरमा प्रेस चौतारी नेपाल मोरङ जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरि वरिष्ठ पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई पुरस्कृत गरेको हो...

मौसम बद्ली : भोलि र पर्सि पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं, पुस १२ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै...

विराटनगरमा ४३ सहित प्रदेश १ मा आज १०८ संक्रमित थपिए

विराटनगर, १० भदौ–प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक...

अभिमुखीकरण तालिम प्रदायक संस्थालाई नवीकरण गर्न विभागले गर्‍याे सूचना 

काठमाडाैं, ३२ जेठ-वैदेशिक रोजगार विभागले नगद ५ लाख धरौटी राखेर नवीकरण प्रक्रिया सुरु गर्न अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ ।  सरकारले वैदेशिक रोजगार नियमावली संशाेधन गर्दै तालिम प्रदायक संस्थाको हकमा ५ लाख नगद...

कोरोनाबाट बच्न सजग हुँदै स्थानीय तह

कोरोना भाइरसबाट बच्न अधिकांश स्थानीय तह आ–आफ्नै ढङ्गले सजग भएका छन् । स्थानीय नागरिकलाई सरसफाइमा जोड दिँदै, भीडभाडमा नजान तथा अनिवार्य साबुनपानीले हात धुन जनप्रतिनिधिले अभियान नै चलाएका छन् । स्थानीय तहले अत्यावश्यक स्वास्थ्य सामग्री...

लकडाउनका कारण स्थगित आयोजनाको सुरु गर्न पास वितरण

काठमाडौं, २४ वैशाख-लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् । लक डाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ । लक लकडाउनपछि रोकिएका...

१६ जनाकै परिक्षणमा कोरोना संक्रमण नभएको पुष्टि

विराटनगर, चैत १५–वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोनाको परीक्षण गर्न पठाइएको १६ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएका सबै १६ जनामा नै कोरोनाको संक्रमण नभएको पाइएको छ । प्रतिष्ठानका सह प्रवक्ता अशोक ऐरले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्