जिल्लाबाट पनि मन्टु शेख प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा सिफारिस

 न्यूज विराट
जिल्लाबाट पनि मन्टु शेख प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा सिफारिस

विराटनगर । नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि मोरङ जिल्लाले पनि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट काँग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय समितिको बैठकले शेखको नाम समानुपातिकतर्फ पहिलो नम्बरमा राखेर सिफारिस गरेको थियो । क्षेत्रीय समितिले पढाएको सिफारिसलाई जिल्लाले पनि अनुबोदन गर्दै पहिलो नम्बरमा राखेर शेखकको नाम पढाएको पार्टीले जनाएको छ ।
आगमी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नं. ४ (क) बाट जम्मा ३१ जनाको नाम सिफारिस गरेको छ ।
यसअघि शेखले कटहरी गाउँपालिका वडानम्बर ४ बाट एक कार्यकाल वडाध्यक्षको जिम्मेवारी वहन गरिसकेका छन् । २०७४ को स्थानीय निर्वाचनबाट ११७३ मत ल्याई शेख निर्वाचित भएका थिए । उनको कार्यकालमा गाउँपालिकाभरिमै अब्बल र उत्कृष्ट विकास निर्माणको काम गर्नेमा कटहरी ४ ले किर्तिमान कायम गरेको थियो । उनको कार्यकालमा भएको कामको वडाबासी,गाउँपालिका र पार्टीस्तरमै सराहना भएको थियो ।
२०७९ को स्थानीय निर्वाचनमा फेरीपनि वडाध्यक्षमै दोहोरिने इच्छा राखेका शेखले पार्टीको निर्णय अनुसार स्थानिय बुचाई शेखलाई सघाएका थिए । यद्यपि बुचाईले जित निकाल्न सकेनन र कटहरी ४ जनता समाजबादी पार्टीको पोल्टामा गएको छ ।
कोरोना काल होस वा बाढी पीडितको बेला शेखले निर्वाह गरेको सहयोगि भुमिका स्मरिणय छ । जनताको सुखदुखमा उनिहरुको घरदैलौमै पुगेर सहभागि हुँदै आएका युवा नेता शेख सहज र सरल स्वाभावका छन् ।
आफ्नो ब्यवहार र सेवा कार्यले उनले सबै तप्काका सर्वसाधारणको मन जितेका छन । गएको स्थानीय निर्वाचनमा वडावासीले समेत उनैलाई फेरीपनि वडाध्यक्षमा दोहोरिन आग्रह गरेका थिए । त्यो सम्भव नभएपछि शेखलाई प्रदेश सभामा पठाउनुपर्ने जनस्तरबाटै आवाज उठेको छ र स्थानीय पार्टी नेतृत्वले समेत उनको नाम नम्बर १ मै सिफारिस गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College