राशिफल

काेराेनाबाट जाेगिन यस्ता छन् प्रधानमन्त्रीका ८ सन्देश

 न्यूज विराट
काेराेनाबाट जाेगिन यस्ता छन् प्रधानमन्त्रीका ८ सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्नका लागि आमसर्वसाधारणलाई विभिन्न विधि अपनाउनका लागि आग्रह गरेका छन् । कतिपय व्यवहारहरू परिवर्तन गर्नुपर्ने अवस्था आउँदा पनि सम्भावित जोखिमबाट बच्नका लागि ती उपायहरू अवलम्बन गर्न आग्रह गरेका हुन् ।

शु्क्रबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साबुनपानीले हात धुनेदेखि खाद्यान्न अधिक सञ्चय नगर्नेसम्मका सन्देश देिएका छन् ।

यी हुन् ८ सन्देश :

१. सरसफाईमा उचित ध्यान दिनुहोस्– साबुन पानीले पटकपटक हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुहोस् ।
२· भीडभाडबाट टाढै रहनु होस्,
३· सकेसम्म घरमै बस्नुहोस्,
४· अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नु होस्,

५· हल्ला र अफवाहहरूबाट भ्रमित र प्रभावित नहुनुहोस्,
६· चिकित्सक, विज्ञ तथा प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस्,
७· धैर्यवान हुनुहोस् र संयमता अपनाउनु होस्, र
८· सावधान हुनुहोस् तर आतङ्कित नहुनुहोस् ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...