प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

 न्यूज विराट
प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको हो ।चितवनमो इच्छा मनकामना–३ सौराहका २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु छ ।

आइतबार ताप्लेजुङ फक्तालुङ–६ फेदीखोला स्थित नयाँ निर्माणाधिन उत्तर दक्षिण दोभान–ओलाङचुङगोला सडक खण्डमा स्काभेटर सडकबाट सय मिटर तल खसेर दुर्घटना हुँदा चालक गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, झापा मेचिनगर–११ मिलडाँडा बस्ने ५६ बर्षीया तारादेबी कुमालको पानी डुबेर ज्यान गएको छ ।आइतबार बेलुका छिमेकीको घरमा घुम्न आएको अवस्थामा आँगनमा पानी जमाउन बनाएको रिङमा डुबेर उनको ज्यान गएको हो ।

सुनसरीको कोशी गाउँपालिका–२ का ४८ बर्षीय शिवु यादवको बयलगाडाबाट लडेर मृत्यु भएको छ । आइतबार अपरान्ह ५ बजे सोही स्थानबाट बयलगाडा चलाएर खेतमा गँहु लिन जाने क्रममा नहरको खाल्डोमा पल्टिँदा गम्भीर घाइते भएका यादबको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचार

पत्रकार सुशीला पाठकलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार दिइने

नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोष ग्रामथान–२ झोराहाटबाट स्थापित यस वर्षको झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजन विराटनगरकी संवाददाता सुशीला पाठकलाई दिने घोषणा गरिएको छ ।  कोषको आइतबार बसको बैठकले पाठकलाई सो पुरस्कार दिने घोषणा गरेको...

सीमा नाका खुल्ला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना

विराटनगर, २० मंसिर–कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बन्द गरेको नेपाल–भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै सीमा क्षेत्रका स्थानीयले अनिश्चीत कालिन धर्ना सुरु गरेका छन् । नेपाल भारत खुल्ला सीमा सम्वाद समुहले भारतीय नाकासँग जोडिएको...

१०३० कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा १ हजार जना कोरोना...

धरानमा कोरोनाबाट बालिकासहित थप दुई जनाको मृत्यु

विराटनगर, १९ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । नौ वार्षीया बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका- ६...

कोरोना संक्रमणबाट कांग्रेस नेताको निधन

विराटनगर,  ९ कात्तिक-कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।  कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका–८ का मण्डललाई उपचारका लागि विराट...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

विराटनगर । बैंकको चर्को ब्याजका विरूद्ध विराटनगरका उद्योगी व्यवसायीहरूले संयुक्त रुपमा वृहत छलफल गर्ने भएको छ । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार दिउँसो साढे ३...

काठमाडौं महानगरले रेडियोबाट पढाउन थाल्यो 

काठमाडौं, २८ जेठ-काठमाडौं महानगरपालिकाले वैकल्पिक विधिबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । बुधबार बिहानबाट रेडियोबाट पढाउन सुरु गरिएको महानगरका शिक्षा विभागका अधिकृत तारापति खरेलले जानकारी दिए । बिहान ९ बजेबाट कक्षा १ देखि १० सम्मका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्