कोरोना संक्रमणबाट कांग्रेस नेताको निधन - News Birat

कोरोना संक्रमणबाट कांग्रेस नेताको निधन

न्यूज विराट
विराटनगर,  ९ कात्तिक-कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो । 

कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका–८ का मण्डललाई उपचारका लागि विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार बेलुका मृत्यु भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

सामाजिक क्षेत्रमा सक्रिय मण्डलको अवस्था गम्भिर भएपछि विराटमा उनको प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको थियो । उपचारका क्रममा उनको शनिबार बेलुका मृत्यु भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles