१०३० कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

 न्यूज विराट
१०३० कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा १ हजार जना कोरोना भाइरसको संक्रमणमुक्त भइ डिस्चार्ज भएका मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७४ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएको छ । तिमध्ये ५ हजार ८ सय ९३ को पीसीआर र ४ हजार ९ सय ८१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

अहिले १६ हजार ६ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै ३ सय ५१ जनाको सघन उपचार कक्षमा र १ सय १८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल १५ हजार ५ सय ३४ जना होम आइसोलेसनमा, १ हजार १ सय ५२ जना संस्थागत आइसोलेसनमा र २ सय ४१ जना क्वारिन्टिनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

कोशी टप्पुमा दुर्लभ चरा ‘सेतो पेटे रानी चरी’ फेला

धरान, माघ १७–चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५ सय २६ प्रजातिका चरा पाइने रेकर्ड छ । पछिल्लो...

प्रदेश १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभरी ८४ जना संक्रमित

विराटनगर, जेठ ८–प्रदेश नं. १ मा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाकै थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका १७ वर्षीय, १८ वर्षीय दुई जना, २० वर्षीय दुई...

कोशीमा जलन अस्पताल निमार्णको लागि सम्झौता, ४० करोडको लागतमा एक सय शैय्याको अस्पताल बन्ने

विराटनगर । सुनसरीको इटहरीमा निमार्ण हुने एक सय शैय्याको जलन अस्पतालको लागि कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि प्रदेश सरकार र ट्रष्टबीच जलन...

स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...

बुढानीलकण्ठ स्कुलमा आर्ट एन्ड क्राफ्ट प्रदर्शनी

विराटनगर । बिराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. मा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । स्कुल परिसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।विद्यालयको वार्षिक गतिविधिका तस्विरहरु तथा कक्षा नर्सरीदेखि कक्षा नौसम्मका...

कांग्रेस रहेसम्म नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद आउँदैन : देउवा

काठमाडौं, २९ मंसिर-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस रहुञ्जेल नेकपाको सर्वसत्तावाद र राजाको अधिनायकवाद नआउने दावी गरेका छन् । नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको विरोध प्रर्दशन कार्यक्रममा बोल्दै सभापति देउवाले वर्तमान सरकारले सर्वसत्तावाद...

प्रदेश १ को बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिक

विराटनगर, बैशाख ३–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं....

काठमाडौं उपत्यकामा आज ३६३ जनामा कोरोना संक्रमण

बिहीबार काठमाडौं उपत्यकामा ३ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । १५२ महिला र २११ पुरुष गरी उपत्यकामा आज ३ सय ६३ संक्रमित थपिएका हुन् । देशभर आज ६ हजार ५ सय ८८ को पीसीआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्