बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

 न्यूज विराट
बैंकको चर्को ब्याज विरुद्ध सोमबार विराटनगरमा बृहत छलफल

विराटनगर । बैंकको चर्को ब्याजका विरूद्ध विराटनगरका उद्योगी व्यवसायीहरूले संयुक्त रुपमा वृहत छलफल गर्ने भएको छ ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा सोमबार दिउँसो साढे ३ बजे चर्को बैंक ब्याजदर एवं प्रतिकूल बैकिङ नीति सम्बन्धी बृहत छफल कार्यक्रम आयोजना गरिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।

छलफलमा निजी क्षेत्रका सबै संघसंस्थाका प्रमुख एवं गृह तथा स्टील, सुन चाँदी, धातु, सोनार, जुट, होटल तथा पेय पदार्थ, खुद्रा बितरक, अटोमोवाइल, डिलर्स, पेट्रोलियम डिलर्स, ट्रान्सपोर्ट, ट्रक, टेम्पो एवं यातायात, ट्राभल्स एजेन्टलगायत सम्पूर्ण वस्तुगत संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु सदस्य एवं सबै उद्योगी व्यवसायीहरुलाई उपस्थीति भइ सुझाब उपलब्ध गराइदिन तीन वटा संस्थाले अनुरोध गरेको छ ।
यसअघि पनि तीन व्यवसायीक संस्थाले विराटनगरमा बृहत मौन–जुलुसमा कालो टिर्सट लगाएर विरोध स्वरुम सडकमा उत्रिएका थिए । बृहत मौन जुलुसमा व्यवसायीहरुले आर्थिक तथा वित्तीय अवस्था विगार्न भूमिका खेलेको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका थिए ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

विराटनगर, साउन ३०-प्रदेश १ मा उपचारका क्रमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय युवकमा कोरोना पुष्टि भएको हो विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुषको...

रतुवामाईमा रसायनिक मल अभाव

विराटनगर, बैशाख २१–मोरङको रतुवामाई नगरपालिकामा रसायनिक मल अभाव भएपछी कृषकहरु यतिबेला चिन्तीत बनेका छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषकहरु यतिबेला रासायनिक मल नपाएर हैरान भएका हुन् । चैते धान...

मंसिर २ गते चुनाव गर्न आयोगको सिफारिस

काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी मंसिर २ गते शुक्रबार प्रदेश र संघीय चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेश थपिलियासहितको पदाधिकारी टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति सिफारिस गरेको...

 २९ देशबाट संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...

भव्य भयो विराटनगर म्यूजिकल फेस्टिबल, गायक स्वप्न सुमन र पुर्ण राईले तताए सांगीतिक माहोल

विराटनगर । युवा पुस्ताका चर्चित गायक स्वप्न सुमन र पुर्ण राई दाजुभाइको सांगीतिक प्रस्तुतीले शनिबार राती विराटनगरमा छुट्टै सांगीतिक माहोल छाएको छ ।लाइभ इन्टरटेन्टमेन्टले आयोजना गरेको तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलमा उनीहरुले आफ्नो चर्चित गीतहरु...

पैसा बाँड्ने क्रममा भागदौड हुँदा ३ जनाको मृत्यु

एजेन्सी, जेठ ९-श्रीलंकाको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । एक व्यापारीले आफ्नो गोदाममा बोलाएर कोरोना भाइरसका कारण संकटको सामना गरिरहेकाहरुलाई पैसा बाँडेका...

बजार खुलेकै दिन तोलामा १० हजारले बढ्यो सुन

काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार...

मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा विरामीको सहजको लागि ‘होम कलेक्सन सेवा’ सुरू गरेको छ । कुनै पनि विरामीको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परे हस्पिटलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्