धरानमा कोरोनाबाट बालिकासहित थप दुई जनाको मृत्यु - News Birat

धरानमा कोरोनाबाट बालिकासहित थप दुई जनाको मृत्यु

न्यूज विराट
विराटनगर, १९ कात्तिक-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ । नौ वार्षीया बालिकासहित सुनसरीका दुई जना कोरोना संक्रमितको बुधबार बिहान मृत्यु भएको हो ।

इटहरी उपमहानगरपालिका- ६ कि नौ वर्षीया बालिका र धरान उपमहानगरपालिका- १ की ६१ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । इटहरी- ६ की बालिकाकोे बुधबार बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । बालिकालाई सोमबार कोरोना पुष्टि भएपछि मंगलबार उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै धरान- १ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । डा. श्रेष्ठका अनुसार उच्च रक्तचाप लगायतको समस्या रहेकी वृद्धालाई ३० असोजमा कोरोना पुष्टि भएकोमा ५ कात्तिकमा प्रतिष्ठानको कोभिड अस्पताल भनाई गरिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान ३ः१५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles