इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

 न्यूज विराट
इक्युवालिटि कप क्रिकेट सोमबारदेखि विराटनगरमा सुरु

विराटनगर र महिला समानताका लागि नेपाल क्रिकेट फाउण्डेशनले भुइँ तह तथा महिला विकासका लागि चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना शुरु भएको छ। विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउण्डमा आज भएको खेलमा सप्तरी र मोरङले विजयी शुरुवात गरेका छन् । पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । इलामकी प्रियैका राई सर्वाधिक ४१ रन बनाइन् । सप्तरीकी सुस्मिता यादवले सर्वाधक २ विकेट लिइन् ।

१ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १४ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । सप्तरीको जितमा प्लेयर अफ द म्याच साक्षी यादवले अविजित ६० रन बनाउँदा बन्दना रजकले पनि अविजित १३ रनको योगदान दिइन् । इलामकी मुना राई र टिकामाया तामाङले १–१ विकेट लिइन् ।

लोस्रो खेलमा मोरङले सिरहालाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरको खेलमा १२ दशमलव २ बलमा सवै विकेट गुमाउँदा ६० रनमा सिमित भयो । सिरहाका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन् । मोरङकी प्लेयर अफ म्याच कृतिषा धामीले सर्वाधिक ५ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन दिएकी थिइन् ।

६१ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ९ दशमलव १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो । मोरङ जितमा सानु राजवंशीले अविजित २८ रन बनाउँदा टिका साहले १५ रन बनाइन् ।

यस अघि प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपवालिकाका प्रमुख नागेश कोइरालले ब्याटिङ, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले बलिङ र सिनियर एम्पायरले विकेट किपिङ गर्दै गरे ।

प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेश प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी रहेको खेल संयोजक मन्दिप साहले बताए । खेल लिगको आधारमा खेलाइने प्रतियोगिता विहिबार सम्म हुने छ । लिगमा टप गर्ने दुई टिमविच फाइनल खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए ।

आयोजक फाउण्डेसनले प्रतियोगिताका लागि साढे ६ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । गत संस्करणमा भने मोरङ महिला टोलीले उपाधि हात पारेको थियो ।

सम्बन्धित समाचार

नेकपा विवाद सचिवालय बैठकमा लैजाने

काठमाडौं, १५ कात्तिक-सत्तारूढ नेकपाभित्र बढ्दै गएको विवाद सचिवालय बैठकबाट टुंगो लगाउने भएको छ । शनिबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा सचिवालय बैठक बोलाएर हाल देखिएका समस्याका विषयमा...

नेकपा मोरङद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

विराटनगर, बैशाख ५–नेपाल कम्युनिष्ट पार्टी(नेकप) मोरङले सुरक्षाकर्मीका लागि व्यक्तीगत सुरक्षा सामाग्री ( पीपीई) सहयोग गरेको छ । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सुरक्षाकर्मीका लागि १ सय थान पीपीई हस्तान्तरण गरेको हो ।...

रामेश्‍वर दंगाल सचिवमा बढुवा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ९ सचिव

सह-सचिव रामेश्‍वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गरेको हो । लोक सेवा आयोगले सचिवमा बढुवाका लागि दंगालसहित मुकुन्दप्रसाद निरौला र विनोद सिंहको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद्...

उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्...

२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

जाजरकोटका दलितको घरमा रित्तियो भकारी

जाजरकोट, ३० चैत-बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी चुल्हो बाल्ने भन्ने चिन्ता परेको छ । शान्तिलाई जस्तै अयर्ना...

ढुक्क भएर खोप लगाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । दोस्रो चरणको खोप अभियानको क्रममा आइतबार त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि प्रधानमन्त्री ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका हुन् ।...

विराटनगरमा आज एकैदिन १९१ जना कोरोना संक्रमित थपिए

विराटनगर, ३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्