ढुक्क भएर खोप लगाउन प्रधानमन्त्रीको आग्रह - News Birat

ढुक्क भएर खोप लगाउन प्रधानमन्त्रीको आग्रह

न्यूज विराट

प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । दोस्रो चरणको खोप अभियानको क्रममा आइतबार त्रिवि शिक्षण अस्पतालमा खोप लगाएपछि प्रधानमन्त्री ओलीले ढुक्क भएर खोप लगाउन सबैलाई आग्रह गरेका हुन् ।

‘मैले भ्याक्सिन लगाएँ । अहिले कुनै कम्प्लिकेसन छैन’, उनले भने, ‘सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं ।’दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्षमाथिकालाई खोप लगाइने छ । यसअघि पहिलो चरणको अभियनमा फ्रन्टलाइनरलाई खोप लगाइएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles