जाजरकोटका दलितको घरमा रित्तियो भकारी

 न्यूज विराट
जाजरकोटका दलितको घरमा रित्तियो भकारी

जाजरकोट, ३० चैत-बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी चुल्हो बाल्ने भन्ने चिन्ता परेको छ ।

शान्तिलाई जस्तै अयर्ना गाउँकी पवित्रा नेपालीको पीडा पनि उस्तै छ । दैनिक मजदुरी गरेर छाक टार्ने र वर्षेनी भारत गएर कमाइ गरी ल्याएको पैसाले खाद्यान्न र लत्ता कपडा खरिद गर्ने त्यहाँका दलित समुदायको वाध्यता हो ।

नयाँ बाली नपाकेको र पुरानो बाली सकिएको वेला लकडाउन हुँदा जाजरकोटका गरिब परिवार समस्यमा परेका छन् । आफ्नो उत्पादनबाट यी परिवारलाई ६ महिनामात्र खान पुग्छ ।

बारेकोट गाउँपालिकाले अझै गरिब परिवारको लागत सङ्कलन गरिसकेको छैन । गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले झण्डै ४ सय घरधुरी गरिबीको रेखामुनी रहेको र लगक सङ्कलन भइरहेको बताए ।

कुशे गाउँपालिकामा यस्तै समस्या छ । गाउँपालिकाले गरिब घरधुरी छान्दा १ सय ७० घर बनाएको थियो, अहिले गाउँपालिकामा १ हजार भन्दा बढी घरधुरीबाट खाद्यान्न मौखिक माग आएको छ, कसरी व्यवस्थापन गर्ने भन्ने समस्या परको सो गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

भेरी नगरपालिकाले पनि राहत वितरणको काम सुरु गरेको छैन । छेडागाड नगरपालिकामा पनि राहत वितरणमा समस्या परेको छ । सबैलाई दिन बजेट नपुग्ने सो पालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए ।

नलगाड नगरपालिकाले भने गरिब घरधुरीको पहिचान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । सो पालिकाले वडा ७ र ८ बाट राहत वितरण सुरु गरेको थियो ।

यता जुनिचाँदे गाउँपालिकामा राहत वितरणको लागि सदरमुकामस्थित खाद्य संस्थाबाट ५२ क्विन्टल चामल, सोही मात्रमा आयोडिन युन र दाल खरिद भइसकेकोले आजबाट वितरण हुने प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए ।

शिवालय गाउँपालिकाले १ सय ५० जना गरिब परिवार छनोट गरी राहत वितरणको काम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । रासस

सम्बन्धित समाचार

आज ५५ अंकले बढ्यो शेयर बजार, फाइनान्स क्षेत्रमा उत्साह

विराटनगर, १९ जेठ । दुई दिनदेखि लगातार ओरालो लागेको शेयर बजारमा बुधबार फेरी आफ्नो लयमा फर्किएको छ । बुधबार नेप्से परिसुचक दुई प्रतिशत अर्थात ५५ अंकले बढेर २८२७ पुगेको हो । विगत दुई दिनदेखि घट्दो...

धनुषामा गोली प्रहरी गरी युवकको हत्या

धनुषा, २८ जेठ-धनुषाको सबैलामा गएराती गोली प्रहारबाट १ युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका-७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज...

एमालेको अवरोध कायमै, प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै...

प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

विराटनगर, २ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा...

आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म...

सर्वसाधारणको उच्च अपेक्षा र जीवनको अग्निपरीक्षा

श्रीमन्त भट्टराईविराटनगर । ‘अघिल्लो पटक चुनाव हार्दा पनि १६ करोडको योजना क्षेत्रमा ल्याएछन्, अब जिते पछि त काम गर्छन् होला । सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उनले धेरै काम गरेका छन्...

गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छःमन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त...

बेल्जियमबाट फर्किएकी बाग्लुङकी युवतीमा भेटियो कोरोना संक्रमण

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ ।स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जानकारी दिएको हो । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्