सह-सचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दंगाललाई सचिवमा बढुवा गरेको हो ।
लोक सेवा आयोगले सचिवमा बढुवाका लागि दंगालसहित मुकुन्दप्रसाद निरौला र विनोद सिंहको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा दंगाललाई बुढुवा गरेको हो ।
दंगाल अर्थ मन्त्रालयमा कार्यरत छन् । यसअघि उनी आन्तरिक राजस्व कार्यालय, भन्सार विभागमा र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा सहसचिवका रूपमा काम गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले ९ जना सचिव छन् । तीमध्ये ६ सचिवलाई भूमिकाविहीन बनाइएको छ ।